भूवनलाई फकायो एमालेले, एमाओवादीलाई जिताएरै छाड्न चलचित्रकर्मीको भेला

भिडियो हेर्न तल क्लिक गर्नुहोस

प्रत्यक्षतर्फ टिकट दिएर पनि खोसेपछि निराश बनेका नायक भूवन केसीलाई नेकपा एमालेले फेरी लालीपप खुवाएको छ । भूवन केसीको नाम समानुपातिक सूचिमा समावेश गर्दै एमालेले कलाकारहरुको साथ र भोट तान्ने प्रयास गरेको छ । वुधबार सार्वजनिक गरिएको समानुपातिकको सूचिमा भूवनको नाम २६८ नम्बरमा समावेश गरिएको छ । भूवन केसी पनि यतिबेला एमाले नेताहरुको लागि भोट माग्दै जनताका घरघरमा पुगिरहेका छन् ।



यता एकिकृत नेकपा माओवादीले पनि बन्द सूचिमा २ जना चलचित्रकर्मीको नाम समावेश गरेको छ । माओवादीको समानुपातिक सूचिमा धेरैले आशा नगरेका चलचित्रकर्मी समावेश छन् । चलचित्र निर्देशकद्धय दिपक श्रेष्ठ र हिम ग्याप लामाको नाम समावेश गरिएको छ ।

यता नेपाल चलचित्रकर्मी संघको विशेष भेलाले एकिकृत नेकपा माओवादीलाई जिताएरै छोड्न देशव्यापी जनलहर सिर्जना गर्ने निर्णय गरेको छ । जनमत सिर्जना गर्न आवश्यक वातावरण मिलाउने भन्दै निर्देशक केपी पाठकको संयोजकत्वमा ७५ सदस्यिय केन्दि्रय प्रचार समिती गठन गरेको छ । साथै भेलाले दैनिक कामहरुलाई व्यवस्थित बनाउन १९ सदस्यिय सचिवालयको गठन गरेको छ । देशभर चलचित्रकर्मीहरु पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने निर्णय गरेको केपीले बताए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses