अंश नदिँदा छोराले गरे बाउको हत्या!

भिडियो हेर्न तल क्लिक गर्नुहोस

अर्जुन राजवंशी २१ साउन, मोरङ । बाबुले अंश नदिएको भन्दै मोरङमा आफ्नै छोराले हत्या गरेका छन् । जग्गा सम्वन्धि अंशवण्डाको विषयमा विवादमा अमरदह १ का २२ वर्षका गोपाल विष्टको कुटाईबाट ४७ वर्षका तोर्ण विष्टलाई मुङग्राले हानेर हत्या गरेका हुन् ।



गम्भीर घाइते भएका विष्टको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा ज्यान गएको हो । घटनापछी छोरा गोपाल फरार रहेको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिनु भयो । वैदेशिक रोजगारमा गएका गोपाल शनिवार मात्र घर फर्केका थिए ।

त्यस्तै छिमेकीको खुकुरी प्रहारबाट गएराति मोरङको उर्लाबारीमा एक युवक घाईते भएका छन् । राति सवा ९ बजेतिर उर्लाबारी-४ चिउरा मिल छेउका ३० वर्षका लक्ष्मी नारायण कटुवालले छिमेकी १९ वर्षका मनोज यादवलाई खुकुरी प्रहार गरी घाईते बनाएका हुन् । घाईते यादवको उर्लाबारी हस्पिटलमा उपचार भईरहेको छ भने खुकुरी प्रहार गर्ने कटुवाललाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses