संविधान बनेपछि मात्र बच्चा जन्माउने: धुर्मुस र सुन्तली

भिडियो हेर्न तल क्लिक गर्नुहोस

विवहा गरेकै आधा दशक नाघिसक्यो तर धुर्मुस र सुन्तलीले अहिलेसम्म बाबु-आमा बन्ने सैभाग्य पाएका छैनन्। धुर्मुस अर्थात सीताराम कट्टेललाई भन्दा सुन्तली अर्थात कुन्जना घिमिरेलाई आमा बन्न रहर बढी हुनु स्वाभाविक हो।



धुर्मुस र सुन्तली बाबु आमा नबन्नुका मुख्य कारण दुई वटा छन्। पहिलो कारण विवाह लगत्तै थप चर्चामा आएका उनीहरु देश-विदेशका कार्यक्रममा व्यस्त भए। दिनहुँको निर्धारित कार्यक्रमका कारण पनि उनीहरुले बच्चा जन्माउने तर्फ सोच्नै भ्यएनन्। दोस्रो, उनीहरु विवाह गरे लगत्तै मुलुक जन आन्दोलन भाग-२ पछिको निर्वाचनमा होमिएको थियो। यो जोडीले त्यो बेला आवेशमा आएर एउटा घोषणा गरिदियो- 'संविधान बनेपछि मात्र बच्चा जन्माउने'।

त्यसबीच कुन्जनाले गर्भवती महिलाको अभिनय मात्र गर्न सकिन, सांच्चै नै दोजिया बन्न उनी आफैले गरेको घोषणा बाधक भयो। मुलुक यतिबेला दोस्रो संविधानसभा निर्वाचनको तयारीमा छ। निर्वाचन भएर आएको नयाँ टिमले संविधान बनाउन्जेलसम्म उनीहरु आफ्नो घोषणामा कायम रहन्छन रहँदैनन् कि त्यो भने हेर्न बाँकी नै छ।
भिडियो कुराकानी हेर्न तल क्लिक गर्नुस्

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses