बालुवाटारबाट १६ अधिकारकर्मी पक्राउ
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
५ साउन, काठमाडौ । माओवादीले हत्या गरेका गोरखाका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धमा अनुसन्धान थाल्न माग गर्दै बालुवाटारमा धर्ना बसेका १६ जना अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रिय मानवअधिकार आयोग समक्ष गृहमन्त्री माधवप्रसाद घिमिरले कृष्णप्रसाद अधिकारी हत्याको अनुसन्धान थाल्न नमिल्ने भन्ने लाचार अभिव्यक्ति दिएपछि न्यायको माग गर्दै प्रदर्शनमा उत्रेका अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
अधिकारी हत्या घटनाको अनुसन्धान थाल्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडिको निषेधित क्षेत्र तोड्न खोज्दा अधिकारकर्मीहरु चरण प्रसाइँ, दिनेश भट्ट, सावित्री श्रेष्ठ लगायतका १६ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई अहिले कमल पोखरी प्रहरी वृत्तमा राखिएको छ ।
आफ्नो छोराको हत्यारालाई कारवाहीको माग गर्दै गंगामाय र नन्दप्रसाद अधिकारी दम्पत्ती लामो समयदेखि अनशनमा बसेका छन् । अहिले वीर अस्पतालमा राखिएका उनीहरुको स्वास्थ्यस्थिति गम्भीर हुँदै गएको छ ।
नौ वर्षअघि गोरखाका कृष्णप्रसाद अधिकारीलाई हजुबुवा भेट्न चितवन गएका बेला माओवादी कार्यकर्ताहरुले नियन्त्रणमा लिइ हत्या गरेका थिए
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses