६२ जनाले गरे आत्महत्या

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२५ साउन, काठमाडौ । जिल्लामा गतवर्ष तीन वर्ष यताकै सबैभन्दा बढी व्यक्तिले आत्महत्या गरेका छन् । प्रहरीको तत्थ्यांक अनुसार गत वर्षमा ६२ जनाले आत्महत्या गरेका छन् । यो संख्या आर्थिक वर्ष ०६८/६९ को तुलनामा झन्डै दोब्वर हो । आर्थिक वर्ष ०६८/०९ मा ३७ जनाले आत्महत्या गरेका थिए ।

त्यसभन्दा अघिल्लो आर्थिक वर्ष ०६७/६८ मा ३३ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा छ । गत आर्थिक वर्षमा आत्महत्या गरेकामध्ये ५१ जना झुन्डिएर, १० जना विष सेवन गरेर र एक जनाले खोलामा हाम फालेर आत्महत्या गरेका छन् । प्रहरी नायब उपरीक्षक राजकुमार लम्सालले गुल्मीको आत्महत्याको अवस्था भयावह रहेको बताए ।

‘प्रेममा धोका खाएका, गरिबीले पिल्सिएका, वैदेशिक रोजगारीका कारण उत्पन्न विवाद आदिका कारण धेरैले आत्महत्या गरेका छन्,’ डीएसपी लम्सालले भने, ‘म भर्खरै यहाँ प्रहरी प्रमुख भएर आएको छु, आत्महत्याका कारक तत्व पहिचान गरी जनचेतना फैलाउनका लागि छलफल गरिरहेका छौँ ।’

आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिला धेरै छन् । वैदेशिक रोजगारी आत्महत्याको प्रमुख समस्या बनेको खबर राजधानी दैनिकमा छ । श्रीमान् वैदेशिक रोजगारमा गएपछि परपुरुषसँगको सम्बन्ध श्रीमाबले थाहा पाउँदा श्रीमतीले आत्महत्या गर्ने गरेको प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले बताए ।

यसैगरी, प्रेममा धोका खाई जीवनदेखि नै निरास मानेर आत्महत्या गर्ने पनि धेरै रहेका छन् । आत्महत्या गर्नेमा बालकदेखि वृद्धासम्म रहेका छन्


भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses