बेल्जीएम पुगेका नेपाली कलाकारको हरीबिजोग
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
साउन २३
हिन्दी फिल्मका कलाकारहरुलाई चाखसँग हेर्ने नेपालीहरुले आफनै कलाकारहरुलाई बेवास्ता गरेका छन् । बेल्जीएममा एक सो का लागि पुगेका कलाकारहरुलाई बेल्जीएममा बस्ने नेपालीहरुले बेवास्ता गरेका हुन् । अझ भन्नु पर्दा आयोजकहरुले कुनै ब्यक्तिगत पूर्वाग्रह नराखिकनै कलाकारहरुलाई उचित सम्मान दिन नसकेका हुन् ।
एनआरएनका पदाधिकारीहरुलाई खादा ओढाएर सम्मान गरिँदा, नेताहरुलाई पुस्पगुच्छा प्रदान गर्दा कलाकारहरुलाई अलिकति पनि चासो नदेखाईएको बताईएको छ । कलाकारहरु आउने पत्तो नभए पनि कलाकारहरु आएपछि आयोजकहरु तथा उपस्थितहरुले तत्कालै कार्यक्रमको आयोजना पनि गर्न सक्थे। तर त्यसप्रति कोसैले चासो नदेखाई खान पिनमा व्यस्त भएको जनाईएको छ ।
केही दिन मात्रै अगाडिको कुरा। बेल्जियमको ब्रुज शहरमा हिन्दी चलचित्र पिकेको सुटिङ थियो। धेरै नेपालीहरु भारतीय कलाकार हेर्नका लागि तँछाड मछाड गर्दै पुगे। कति त आफनो काम थाति राखेर उनीहरुको एक झलक दर्शन गर्न दौडिए। थ्री इडियट्स जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका निर्देशक राजकुमार हिरानीलाई हेर्नकै निम्ति घुँइचो लाग्यो।
हिन्दी फिल्मका कलाकारहरुलाई हेर्न कै लागि तम्सिने नेपालीहरुले आफ्नै देशका कलाकारहरु आउँदा वास्ता नगरे पछी उनिहरु वाकन प्वाक्क बनेका थिए । नेपालबाट दार्चुला बाढीपीडितहरुको लागि च्यारिटी सो कार्यक्रम गर्ने भन्दै आएका कलाकारहरु गरिमा पन्त, नन्दिता केसी, रिमा गुरुङहरुलाई उनीहरुले बाल नदिएपछि हरिबिजोगको स्थिति देखियो। बिहान नास्ता गरेर कार्यक्रम अर्थात् आफनो सो देखाउनका लागि आएका कलाकारहरुले न त सो देखाउन पाए, न त सम्मान नै पाए। टन्न खानसमेत पाएनन्। दिनभर भोकभोकै हिँडनुपर्यो। निर्मातासमेत रहेका सरोज अधिकारीसँग केही बेर वादविवादनै पर्यो। लगभग १ घण्टा भन्दा बढी समय उनीहरुले आफू चढेको गाडीमा नै बिताउन बाध्य भए।
ब्रुजबासी नेपालीहरुले नेपालबाट आएका पत्रकारहरु कुलचन्द्र न्यौपाने र जगत नेपालले बनाएको डेमोक्रेसी फर हाइज्याकिङ नामक वृत्तचित्र प्रदशन गर्ने र बार्बिक्यु कार्यक्रमको आयोजना गरेका थिए।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

0 comments
Write Down Your Responses