आठ दलले मान्यता पाएनन्, १२५ दल चुनावी मैदानमा
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
२३ साउन, काठमाडौं । निर्वाचन आयोगमा दल दताको लागि निवेदन दिएका बिभिन्न ८ वटा दल खारेजीमा परेका छन् । नेपाल जनलोकतन्त्र पार्टी, नेपाल रिपब्लिक पार्टी, बहुजन समाज पार्टी, राष्ट्रिय जनकांग्रेस पार्टी, युवा महिला जनता पार्टी, युवा नेपाल पार्टी, राष्ट्रवादी युवा मोर्चा र स्वाभिमानी एकता समाजलाई मान्यता नदिने निर्णय भएको आयोगले जनाएको छ । ती दलले अन्तरमि संविधान र संविधानसभा नियमावलीमा उल्लेखित शर्तहरु पूरा नगरेकाले मान्यता दिन नसकिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार मंसिरमा हुने संविधानसभा चुनावका लागि १ सय २५ दलको टुंगो लागेको छ । यसअघि साउन ९ गते नै आयोगले १ सय २५ दलको टुंगो लगाएको हो । दल दर्ताको क्रममा एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच को पहिला भन्ने विवाद भएको थियो । अहिले आयोगको सूचीमा एमाले पहिलो नम्बरमा छ । दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राप्रपा नेपाल, चौथोमा एकीकृत नेकपा माओवादी र पाँचौंमा नेपाल मजदूर किसान पार्टी छन् । १२५ नम्बरमा चुरे भावर पार्टीको नाम छ ।
दल दर्ताको समय सकिएपनि उच्चस्तरीय राजनीतिक समिति र असन्तुष्ट दलहरुबीचको वार्ता सहमतिमा टुंगिएमा दलको संख्या बढ्ने पक्का छ । निर्वाचन आयोगले तोकेको समय सिमाभित्र एक सय ३९ दलले दर्ताका लागि निवेदन दिएका थिए । यसबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता भएको छ । संघीय समाजवादी पार्टी, संघीय लिम्बुवान राज्य परिषद्बीच चुनाव चिन्हमा विवाद भएपछि उनीहरुको टुंगो लागेको छ ।
आयोगको मिति २०७०।४।२२ गतेको निर्णयबाट दल दर्ताको मान्यता
नदिएका राजनीतिक दलहरु :
नेपाल जनलोकतान्त्रिक पार्टी
नेपाल रिपब्लिक पार्टी
बहुजन समाज पार्टी
राष्ट्रिय जनकांग्रेस पार्टी
युवा महिला जनता पार्टी
युवा नेपाल पार्टी
राष्ट्रवादी युवा मोर्चा
स्वाभिमानी एकता समाज

0 comments
Write Down Your Responses