विश्वकप क्रिकेटमा भारतको पहिलो खेल पाकिस्तानसँग

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१५ साउन, काठमाडौं । सन् २०१५ मा अष्ट्रेलिया र  न्यूजिल्याण्डको संयुक्त आयोजनामा हुने आईसीसी क्रिकेट विश्वकपमा डिफेण्डिङ च्याम्पियन भारतले पहिलो खेलमा चिरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्ने भएको छ ।
मंगलबार राति सार्वजनिक ड्र अनुसार १५ फेब्रुअरीमा एडिलेडमा भारत र पाकिस्तान भिड्नेछन् । २०११ म भएको विश्वकपको फाइनलमा श्रीलंकालाई पराजित गर्दै भारतले उपाधि जितेको थियो ।
समूह बीमा भारत र पाकिस्तानसँगै दक्षिण अफ्रिका, वेष्टइण्डिज, जिम्बाबे, आयरल्याण्ड र छनोट चरण पार गर्ने एक टोली रहेनछ । समूह ए मा आयोजक अष्ट्रेलिया र न्यूज्लियाण्डसँगै इंग्ल्याण्ड, श्रीलंका, बंगलादेश र छनोट चरण पार गर्ने दुई टोली रहेनछ ।
प्रतियोगिताको उद्घाटन खेल भने १४ फेब्रअरीमा न्यूजिल्याण्ड र श्रीलंकाबीच क्राइस्टचर्चमा हुनेछ भने अर्को खेलमा चार पटकको विजेता अष्ट्रेलियाले मेलबर्नमा इंग्लयाण्डको समना गर्नेछ । विश्वकप क्रिकेटको फाइनल मेलबर्नमा मार्च २९ मा हुनेछ ।
न्यूजिल्याण्डले २३ खेल आयोजनाको जिम्मेबारी पाएको छ, जुन अकल्याण्ड, क्राइस्टचर्च, डुनेडिन, हेमिल्टन, नेपियर, नेल्सन र वेलिंगटनमा हुनेछ । अष्ट्रेलिया र न्यूज्लियाण्डले १९९२ पछि पहिलो पटक विश्वकप आयोजनाको मौका पाएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses