धुम्रपान स्वास्नीको लागि हानिकारक छ’ (भिडियो)
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
धुम्रपान स्वास्थ्यका लागि हानिकार छ’ भन्ने सन्देश त तपाइले सुन्नु नै भएको होला । तर अब यो सन्देशको रुप फेरिएको छ । भाद्र २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जंजिर’ले यो सन्देशलाई नयाँ तबरले प्रस्तुत गरेको छ । चलचित्रमा कलाकार जयकिशन बस्नेत ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ भन्न छोडेर ‘ धुम्रपान स्वास्नीका लागि हानिकार छ’ भन्दै गरेको अवस्थामा देखिने छन् । शोभित बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा जयकिशन बस्नेत, हषिर्का श्रेष्ठ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्र ‘जंजिर’ थकालीमा पाकेको खाना हो भन्न रुचाउछन् निर्देशक बस्नेत । करण क्रेजीको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा मोहनकृष्ण श्रेष्ठको पनि लगानी छ । चलचित्रको हाल धमाधम डबिङ कार्य भइरहेको छ । डबिङका लागि नायिका हषिर्का श्रेष्ठ व्यस्त देखिएकी थिइन् । चलचित्रको ‘किन गाह्रो गाह्रो हुन्छ’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । अनलाइनखबरले चलचित्रको डबिङ भइरहेको स्थानमा पुगेर तयार पारेको भिडियो रिपोर्ट :source online khbar
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses