बाल्टिमोरमा एक नेपाली युवकद्वारा आत्महत्या
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकले आत्महत्या गरेका छन् । कैलालीको धनगढी नगरपालिका-१, का २७ वर्षीय हेमन्त घिमिरेले शनिवार साँझ आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन् । घिमिरे बाल्टिमोरको ड्रमक्यासल भन्ने ठाउँमा बस्दै आएका थिए ।
सन् २०११ मा अध्ययनका लागि ओक्लोहोमा आएका हेमन्त त्यहाँबाट टेक्सास सरेर डेढ वर्ष अघि बाल्टिमोर आएका थिए । विगत चार महिनादेखि बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड अस्पतालमा उपचाररत घिमिरे जुलाई पाँच तारिख शुक्रवार मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए । केही दिन आफुसंग बसेपछि अब आफु पूर्ण स्वस्थ भएको भन्दै हेमन्त गत विहीवार मात्र साथीभाइसंग मिलेर बस्ने भन्दै ड्रमक्यासलमा गएको वताइएको छ ।
शनिवार साँझ कामबाट फर्केका उनका साथीहरुले हेमन्तलाई कोठामा नदेखेपछि खोज्दै जाँदा ढोका नजिकैको सानो क्लोजेटमा खादाको पासोकोमा झुन्डिएको अवस्थामा फेला पारेका थिए । हाल उनको शवलाई बाल्टिमोरस्थित एक शवदाह गृहमा राखिएको छ । हेमन्तका बाबुआमा र एक भाई काठमाडौमा बस्दै आएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses