उपाध्यक्ष डा. बाबुराम भट्टराईले रजिनामा दिनुको रहस्याको पर्दाफास !
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
काठमाडौं÷ अध्यक्ष प्रचण्डले पेश गरेको संगठनात्मक प्रस्तावमा केन्द्रिय समिति बैठकमा विवाद भएपछि उपाध्यक्ष डा. बाबुराम भट्टराईले राजीनामा दिएपछि एकिकृत नेकपा माओवादीमा नया तरङ्ग पैदा भएको छ । माओवादी नेताहरुले बाबुरामको राजीनामा अप्रतयाशित रुपमा आएको बताउछन् । तर उनको राजीनामा रणनितिक रहेको विषेश सुत्र बताउछ । अध्यक्ष प्रचण्डले केन्द्रिय समितिमा ४ सचिव एक कोषाध्यक्ष सहित स्थाथी समिति, पोलिटव्यूरो र केन्द्रिय सदस्यलाई पूर्णता दिने प्रस्ताव पेश गरेका थिए । त्यसमा केन्द्रिय समिति बैठकमा बोलने केन्द्रिय सदस्यहरुले विरोध जनाउदै निर्वाचनको माध्यमबाट पदपूर्ति गर्न आग्रह गरेका थिए । त्यसपछि सो अवस्थालाई अर्कै तर्फ मोड्न उपाध्यक्ष भट्टराईले पद त्यागको घोषणा गरेका थिए । तर पनि विवाद साम्य भएन । विवाद चर्किदै गएपछि सो प्रस्तावलाई विस्तारित बैठकबाट टुङयाउने भन्दै माओवादीले चार साउनमा विस्तारित बैठक बोलाएको छ ।
बाबुरामको राजीनामा बाह्य शक्तिको आड्मा पार्टी अध्यक्ष्ँ प्रचण्डलाई अफटेरोमा पार्नका लागि आएको वुझ्न कठिन छैन् । उनले आफुले पद त्याग गरेका बताएपछि बोलेको बाक्यले पनि त्यो पुष्टी हुन्छ । केन्द्रिय समिति बैठकमा पद त्याग गरेको धोषणा गर्दा उनले भनेका छन् ‘कम्युनिष्ठ पार्टीमा सधै एक जना पदमा रहिरहने भन्ने हुन्न त्यहि सिद्धान्तलाई आत्मसाथ गर्दै मैले पद त्यागको घोषणा गरेको छु, विस्तारै अध्यक्षले पनि पद त्याग गर्नु पर्छ । नयालाई नेतृत्व गर्ने मौका दिनु पर्छ ।’
नेपालको राजनीति भारतको दवावमा चल्छ । प्रचण्डले भारतलाई रिझाउन सकेका छैनन् । बाबुराम भारतका विश्वास पात्र हुन । भारतलाई चिढ्याएर उनी अघि बढ्न पनि सक्दैनन् । भारतको विरुद्धमा अघि ब्ढन सकिन्न भन्ने उनले कटुवाल प्रकरणबाट राम्रो संग बुझेका छन् । अव माओवादीले तय गरेको बीस्तारित बैठकमा विवाद झन चुचुरोमा पुग्छ । त्यसपछि भारतले बाबुरामले पद त्यागेको घोषणा गरेका छन् । तीम्ले पनि त्यागेको घोषणा गर भन्ने दवाव दिन्छ । भारतबाट त्यो प्रस्ताव आएपछि प्रचण्डलाई ‘नखाउन त दिनभरिको शिकार खाउ त कान्छा बाबुको अनुहार’ हुन्छ । पद त्याग नगरे भारत चिढिने डरले उनले त्यो गर्न बाध्य हुने माओवादी एक नेता बताउछन् । पद त्यागेपछि भारतले आफ्ना विश्वास पात्र बाबुरामलाई माओवादीको नेतृत्व प्रस्ताव गर्छ । त्यो रणनिति अनुरुप बाबुरामको पद त्यागको घोषणा आएको माओवादी बृतमा व्यापक चर्चा फैलिएको छ । अर्को तर्फ सबै केन्द्यि सदस्यको तारो आफु बेनपछि त्यसबाट उन्मुक्तिका लागि पनि बाबुरामले पद त्यागको घोषणा गरेका हुन । सरकारमा रहदा उनले गरेका कामका कारण उनी आलोचीत बनेका छन् । त्यसभन्दा अर्को उनका भान्छेहरु आफु नभएपछि पदाधिकारी स्थायी समिति, पोलिटव्युरो र केन्द्रिय समितिमा प्रशस्तै परेका छन् । त्यसैले आफ्ना एजेण्डाले दह्ररो रुपमा प्रवेश पाइहाल्छ भन्ने सोचले पनि उनले पद त्यागेको हुन पर्ने विश्लेषकहरुको बुझाई छ ।
भिडियो हेर्नुहोस्

0 comments
Write Down Your Responses