धामीझाँक्रीको भरपर्दा नाबालिकाको मृत्यु

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१ साउन, लहान । समयमै उपचार नगरी धामीझाँक्रीको भर पर्दा सिरहाको तरेगना गोविन्दपुर-१ घ्याम्पेमा आज बिहान एक नाबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय रामबहादुर ठकुरीकी पाँच वषर्ीया कान्छी छोरी रविना रहेकी छन् । स्थानीय ओम मिझारका अनुसार बिहान ३ बजे सुतेकै ठाउँमा बिच्छीले टोकेपछि अस्वस्थ बनेकी रविनालाई औषधि उपचारको सट्टा धामीझाँक्री लगाएर झारफुक गरिएको थियो । त्यही बेला पानी पिउन दिएपछि बिहान १० बजे उनको मृत्यु भएको मिझारले बताउनुभयो ।
पूर्व-पश्चिम सडकको लहानदेखि करिब तीन घन्टाको पैदल दूरीमा रहेको घ्याम्पे जिल्लाकै दुर्गम क्षेत्र मानिन्छ । रासस

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses