अछाममा १४ महिनाकी नाबालिका बलात्कारको शिकार

भिडियो हेर्न तल क्लिक गर्नुहोस


अछाम, १२ साउन । अछाममा १४ महिनाकी एक नाबालिकालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ । जिल्लाको बैजनाथ गाविस ७ का १५ वर्षीय पदम धामीले नाबालीकालाई ललाई फकाई जबर्जस्ती गरेको भन्दै स्थानियले दिएको जाहेरीका आधारमा प्रहरीले पक्राउगरेको हो ।
पक्राउ परेका धामीललाई जबर्जस्ती करणी अन्र्तगत मुद्दा चलाइएको अछाम प्रहरी प्रमुख श्यामप्रसाद पौडेलले जानकारी दिनु भयो । घटनाको सत्य तथ्य पत्तालगाई कारबाही अगाडी बढाउन जिल्ला अदालत अछामले पनि प्रहरीलाई अनुसन्धानका लागि १५ दिनको म्याद दिएको छ ।
यही पाँच गते धामीले साँझ पख बालिकालाई बलात्कार गर्न खोजेको भएपनि गाँउमै मिलाउन खोज्दा केही दिन ढिलो गरि घटना सार्बजनिक भएको स्थानियको भनाई छ । पीडक पक्षले घटना सार्बजनिक नगरिदिन आग्रह गरेपछि गाँउमै कुरा मिलाउने प्रयास गरिएको भएपनि समस्या समाधान नभएपछि मात्र प्रहरी समक्ष उजुरी दिइएको हो ।
पक्राउ गरिएका धामीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
भिडियो सहित हेर्नुस 

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses