खरी झरिन्जेल नाचे तिन हिरोइन, हेर्नुहोस् कसले खाए कति टेक (भिडियो)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

लामो समयसम्म ननाचेकाले गर्दा होला नायिका नन्दिता केसीले धेरै नै पटक टेक खाइन् । निर्देशक समन अधिकारीलाई पनि नायिकाहरुलाई नचाउन गाह्रो परेको देखिन्थ्यो । तीज पर्व नजिक आउन लागेपछि यतिबेला काठमाण्डौमा म्यूजिक भिडियो छायांकन गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । यही भिडमा निर्देशक समन अधिकारी पनि पर्दछन् । नायिकात्रय नन्दिता केसी, बेनिशा हमाल, रीमा विश्वकर्माका साथमा निरु खड्कालाई लिएर समनले तीजको गीतको भिडियो तयार पारिरहेका थिए । अर्जुन पोख्रेलको संगीतमा गीतकार लोकराज अधिकारीले लेखेको गीतमा देवी घर्ती, सुधा रत्न र सिता केसीको आवाज समावेश छ । गीतकार अधिकारी चलचित्र, आधुनिक गीतको लेखन पश्चात आफूले लोक विधामा हात हालेको बताउँदै थिए । नायिका बेनिशा हमाल र नन्दिता केसीलाई नाच्न केही गाह्रो भयो । नायिका रीमा विश्वकर्मा मोडलिङसँगै कोरियोग्राफी पनि गरिरहेकी थिइन् । रीमाले गीतको ताल र स्टेप चाडै नै टिपिन् र अन्य २ नायिकालाई सिकाउन थालिन् । बारम्बार टेक खाएपछि नन्दिता र बेनिशा खुशी देखिएनन् । बारम्बार पसिना पुछेर मेकअप मिलाउँदै उनीहरु पुन नाच्न कम्मर कसिएका थिए । घन्काइदेउ मादलु खरी झरे झर्ला नाचिदेउ गाजुल जसो परे पर्ला माइती घरमा भयौ जम्मा हामी सबै चेली यो तीजमा रमाउने हो हामी सबै मिली बजाइदेउ मादुल खरी झरे झर्ला

नायिकाहरुले बारम्बार टेक खाएपछि ताली बजाउन बसेका २ दर्जन बढी महिलाहरु पनि दिकदार मान्दै थिए । तर पनि निर्देशक अधिकारीले दिनभर मिहिनेत गरेर भिडियोको छायांकन सकेरै छोडे । यो भिडियोमा हाँस्यकलाकार दिपाश्री निरौलाको पनि विशेष नृत्य रहेको बताइएको थियो । तर अनलाइनखबरको क्यामेरा बालाजु ल्याबमा भइन्जेलसम्म दिपाश्री उपस्थित भएकी थिइनन् । सुटिङ रिपोर्ट शब्द : विजय आवाज तस्बिर तथा भिडियो : सुमित शाक्य

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses