रातको जागिर (नाइट ड्युटी) गर्नेमहिलामा स्तनक्यान्सरको खतरा
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
पछिल्लो पटक गरिएको एक अध्ययनले अनौठो तर डरलाग्दो तथ्यबाहिर ल्याएको छ । अध्ययन अनुसार रातको समयमा जागिर गर्ने महिलामा स्तन क्यान्सर हुने खतरा हुन्छ । शोधकर्ताहरुका अनुसार जो महिलालगातार ३० वर्ष वा सो भन्दा बढि रात्रीकालीन नोकरी गर्छन् उनीहरुमा स्तन क्यान्सर हुने खतरा दिउसोको समयमा जागिर गर्ने महिलामा भन्दा बढि हुन्छ ।
शोधकर्ताहरुका अनुसार रातको समयमाहुने कृत्रिम प्रकाशले महिलाको सरीरमा हुने रासायनिक क्रियाहरुमा बाधा उत्पन्न गर्नसक्छ । जसका कारण महिलामा टयुमर पैदा हुनसक्छ र क्यान्सर लाग्नसक्छ ।
क्यानडाका शोधकर्ताहरुले यो निष्कर्षमापुग्ने क्रममा स्तनक्यान्सरबाट पीडित १ हजार जनाभन्दा बढि महिलामा अध्ययन गरेकाथिए । अध्ययनको क्रममा के पाइयो भने एक स्तन क्यान्सरबाट पीडित मध्ये एक तिहाइ महिलाले रातको समयमानोकरी गर्थे, यसमा नर्स, विमान कर्मचारी तथा होटलका रिसेप्सनिष्ट लगायतका थिए ।
यद्यपि छोटो समयमा रात्रीकालीन जागिरका कारण स्तनक्यान्सर भै हाल्ने खतरा भने नरहेको भन्दै शोधकर्ताहरुले लामो समयको रात्रीकालीन जागिर भने महिलाहरुका लागि हानिकारक रहेको बताएका छन् । खासगरी तिस वर्षसम्मलगातार रातको नोकरी गर्ने महिलामा स्तनक्यान्सरको खतरा निकै बढि हुने उनीहरुको निष्कर्ष छ ।
विशेषज्ञहरुका अनुसार रातको कृत्रिम प्रकाशले महिलाको सरीरको प्राकृतिक निद्रा चक्र तथा हर्मोन प्रक्रियामा गडबडी उत्पन्न गराउँछ । जसकाकारण स्तनक्यान्सर तथा टयुमर विकाशहुने सम्भावना हुन्छ । यो कृत्रिम प्रकाशले खासगरी मेलाटोनिन नामक हर्मोनको उत्पादनलाई कम गर्छ । मानिसको सरीरमा क्यान्सर प्रतिरोधीहर्मोनको रुपमा काम गर्ने यो हर्मोनको उत्पादनमा बाधा उत्पन्नभएसँगै मानिसमा क्यान्सरको खतरा स्वतः बढ्छ । साथै कृत्रिमप्रकाशले ओएस्ट्रोजन हर्मोनको उत्पादन बढाउँछ जसले क्यान्सरलाई बढावा दिनसक्छ ।

0 comments
Write Down Your Responses