१६ महिने बालिकालाई स्विमिङ पुलमा स्विमिङ गर्न छोडेपछी जे देखीयो...(भिडियोसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१६ महिनाको शिशुलाई स्विमिङ पुलमा लगेर खसालिदियो भने के होला ? पक्कै पनि त्यो बच्चा पानीमा डुब्छ तर एक १६ महिने शिशुले भने अनौठो कला देखाएका छन् स्विमिङ पुलमा । सामान्य अवस्थामा १६ महिनाको शीशुलाई पौडिनका लागि स्विमिङ पुलमा धकेल्नु साच्चै पनि सही काम होइन् तर, एलिजाबेथ नामकी एक महिलाले आफ्नी १६ वर्षकी छोरीलाई स्विमिङ पुलमा एक्लै छाडिदिएकी छिन् र आफू माथि बसेर उनलाई स्विमिङ गर्नका लागि आग्रह गर्दैछिन् ।



सुन्दा अचम्म लाग्न सक्छ एक आमाले आफ्नै १६ महिनाकी छोरीलाई यसरी स्विमिङ पुलमा छाडेर कसरी स्विमिङ गर्न आग्रह गर्न सक्छिन् । त्यो बालिकाले पक्कै पनि केही स्विमिङ गर्न सक्दिनन् तर ती बालिकाले आमाले भनेअनुरूप स्विमिङ गर्न थालेपछी भने सबैलाई आश्चर्य लाग्छ । ती बालिकाले एकपटक थोरै मात्र स्विमिङ गरेर पुन: स्विमिङ पुलको किनारमा फर्किन्छन् ।आमाले फेरी उनलाई तिमी गर्न सक्छौ गर भनेपछी ती बालिका स्विमिङ गर्दै स्विमिङ पुलको अर्को छेऊ पुग्छिन् । यहाँ अर्को अचम्म के छ भने उनले एकछेऊबाट अर्को छेऊ पुग्दा मात्र एकपटक स्वास फेर्नका लागि आफ्नो मुख पानीबाट बाहिर निकाल्छिन् त्यो पनि आफ्नो शरिरलाई पल्टाएर अर्थात् पौडी खेलिरहँदा उनले आफ्नो शरीरलाई पुरै पल्टाएर मुखलाई पानीबाट बाहिर निकाल्छिन् ।

हेरौ उक्त दृश्य तस्विर र भिडियोमा...

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses