मालसामान गायबपछि संझनाको अर्को करामत (भिडियो)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

‘आँखा झिमिक्क मालसामान गायब’ बोलको गीतमा नृत्य गरेर एकाएक चर्चामा आएकी मोडल संझना प्याकुरेल फेरी अर्को करामत गर्ने तयारीमा छिन् । उनले अभिनय गरेको चलचित्र ‘करामत’ भदौ ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । दिनेश पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रलाई रोहि श्रेष्ठ र राजु महर्जनले निर्माण गरेका हुन् ।चलचित्रमा सुमन सिंह, संझना प्याकुरे, सोनिया शर्मा, राजु महर्जन लगायतका कलाकारको अभिनय छ । चलचित्रमा लक्ष्मण शेषले संगीत भरेका छन् । यसैबिच चलचित्रमा समावेश ‘के भो के भो’ बोलको गीत अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ । यो गीतमा प्रविशा अधिकारीले आवाज दिएकी छिन् । दयाराम पाण्डेले लेखेको यो गीतमा सुमन सिंह र संझना प्याकुरेलको नृत्य हेर्न सकिन्छ ।

पुरा भिडियो हेर्न तल बक्समा दबल क्लिक गर्नुहोस्।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses