बेलायतमा बन्यो उड्ने साइकल (भिडियोसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

दुई जना बेलायती नागरिकले हावामा उड्ने साइकल तयार पारेका छन् । ३७ बर्षका जोन फडेन र ४२ बर्षका यानिक रीडले निर्माण गरेको साइकल हावामा उड्न सक्ने दाबी गरेका हुन् । उक्त साइकलको नाम ‘एक्सप्लोरएयर पाराभेलो’ राखिएको छ । जुन साइकल उड्न सक्ने र विश्वमा पहिलो भएको फडेन र रीडले दाबी गरेका छन् । यो साइकलको गतिसडकमा प्रतिघन्टा २५ माइलमा गुडाउन सकिन्छ भने सोही गतिमा उडान पनि सकिनेछ । यो चार हजार फिटको उचाइसम्म पुग्न सक्छ ।



बायुपक्षि यो साइकल हेर्दा परम्परागत साइकलजस्तै देखिन्छ । यसमा ठूलो पंखायुक्त एउटा हलुका ट्रेलर जोडिएको छ । ट्रेलरमा इन्जिनका लागि इन्धन र दोब्राउन सकिने गरी पखेटाका रुपमा अरु दुई पांग्रासमेत जडान गरिएको छ । साथै पाराभेलोमा उडानका लागि एउटा प्यारासुट समेत छ । पाराभेलोको एयरफ्रेम र साइकल दुबैको निर्माण भने विमान मिर्ाणमा प्रयोग एलुमिनियमबाट गरिएको छ ।

उड्ने साइकल निर्माण गर्ने आविस्कारहरुले साइकल र हवाइजहाजको सम्बन्ध रहेको बताउँदै हवाईजहाजका आविस्कारक राइट ब्रदर पनि पहिले साइकल मेकानिक भएको र पछि हवाई जहाज बनाएकाले यी दुईबीच नजिकको सम्बन्ध रहेको बताए ।



उक्त साइकललाई सडकमा कुदाउनु परे ट्रेलर छुट्याउन पनि सकिन्छ । उडाउनु परे साइकल र ट्रेलर जोडेर उडान सकिन्छ ।

वायुपक्षि साइकलको दाम भने १६ हजार अमेरिकी डलर (१० हजार बेलायती पाउन्ड) राखिएको छ । फडेन र रीकले यो साइकल सीमा रक्षक, वन गस्तिमा हिड्नेहरुका लागि बढी फाइदाजनक हुने बताएका छन् ।



भिडियो हेर्नुहोस


एजेन्सीको सहयोगमा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses