इराकमा बम विस्फोटका क्रममा १२ इरानीसहित १७ जनाको हत्या

भिडियो हेर्न तल क्लिक गर्नुहोस

बाकुबा, २४ जेठ । इराकमा जारी शृङ्खलाबद्ध बम विस्फोटका क्रममा शुक्रबार १७ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । तीमध्ये १२ जना इरानी नागरिक पनि परेका छन् । इराकको राजधानी बग्दादमा भएको विस्फोटमा परी ती नागरिक मारिएका छन् । इरानीहरू तीर्थयात्राका लागि इराक आएका थिए । बाँकी इराककै नागरिक थिए ।

इरानको सीमा क्षेत्रनजिकैको नजाफ सहरमा रहेको सिया मुसलमानको एक मस्जिदमा उनीहरू तीर्थ यात्राका लागि आएका थिए । उनीहरू चढेको सवारी साधनमा बम विस्फोट गराइ हत्या गरिएको बताइएको छ । सो हत्या सुन्नी मुसलमान समुदायका नागरिकले गराएको आशङ्का गरिएको छ ।

सो क्रममा सो बसमा रहेका अरु कम्तीमा पनि १३ जना तीर्थयात्री घाइते भएका बताइएको छ । घाइतेको अवस्था गम्भीर रहेको पनि बताइएको छ । सो नजाफ क्षेत्र सिया मुस्लिमहरूको मस्जिद रहेको छ । सो मस्जिदमा उनीहरू आज शुक्रबारको नियमित प्रार्थनापछि घर फर्किँदै गरेको अवस्थामा उनीहरूमाथि बम हमला गरिएको हो ।

इराकमा हालैका केही महिनायता हत्या र बम विस्फोटका शृङ्खलाहरू निकै बढेका छन् । यस क्रममा प्राय दिनहूँजसो नागरिक मारिएका समाचारमा जनाइएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses