डेढ महिनासम्म शब नआउँदा परिवार पीडामा
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत, जेठ २६ – धन कमाउने सपना बोकेर बिदेश गएका पर्वतको बाजुङ्ग गाबिसका एक युबाको मृत्यु भएको डेढ महिनासम्म पनि शब आउन नसक्दा परिवार पीडामा बाँच्न बाध्य भएका छन ।
साउदी अरबमा मृत्यु भएका बाजुङ–९ का विकास विकको मृत्यु भएको डेढ महिना वितिसक्दा पनि शब आउन नसकेको हो । मृत्युको खबरले पीडा दिएको परिवारमा शब नआउँदा थप पीडा थपिएको छ । ‘मृत्यु भएको डेढ महिना भईसक्यो खबर आयो शब आएन’ दाजु रमेश विकले भन्नुभया –‘विभिन्न निकायमा धाईसकेँ तर शब आउने कुनै अत्तोपत्तो छैन ।’
शब झिकाउनका लागि सहयोग गर्न भन्दै विकले बैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, रोजगारीमा पठाउने मेनपावर कम्पनीलगायतका निकायहरुमा पगेको तर चाँसो नदिएको गुनासो गर्नुभयो । ‘चिठी लेखेर पठाएका छौं आईहाल्छ भनेर टार्छन्’ विकले भन्नुभयो ‘बैशाख १७ गतेदेखि धाउँदा पनि अहिलेसम्म शब ल्याउन सकिएन ।’
श्रीमती र बाबु आमा दैनिक जसो मुर्छामा
मृतक विकका बृद्ध आमा बुवा भने छोराको मृत्यु भएको खबरले दैनिकजसो मुर्छा पर्ने गरेका छन् । ‘जिवित नदेखे पनि मरेको अनुहार देख्न पनि मुस्किल प¥यो ५७ वर्षका बाबु जसबहादुर विकले भन्नुभयो ‘हाम्रो बिलौना सुनेर जसरी भएपनि छोराको लाश ल्याउन पहल गरिदिनुहोस् ।’
यस्तै श्रीमती सम्झनाको पनि श्रीमान्को मृत्यूको खबर सुनेपछि आँखा ओभाएको छैन । श्रीमानको कुरा सुन्ने वित्तिकै बेहोस हुने गरेकी सम्झनाले मृत्यु हुनुभन्दा २ घण्टा अगाडी श्रीमान्सँग फोनमा कुरा गर्नुभएको थियो ।
‘धेरै ऋण भएकाले तिर्न नसकेर विदेश जानुभएको हो’ उहाँले भन्नुभयो ‘पैसा कमाउन गएको श्रीमान्को लाश समेत देख्न पाईन । विकका ३ वर्षका १ छोरा समेत रहेका छन् ।’ दुई वर्ष साउदीमै बसेर आएका विक पछिल्लो पटक गत मंसिरमा सोही कम्पनीमा गएको परिवारको भनाई छ ।
मृत्युको खबर पाउने वित्तिकै शब ल्याउन पहल शुरु गरी साउदीमा रहेको दुतावासमा समेत पत्राचार गरिसकेको र दुतावासका कर्मचारीले विभिन्न बाहना गरेका कारण झनै समस्या भएको दाजु विकले बताउनुभयो ।
भाईको श्रम सम्झौता, बिमा लगायतका सबै प्रक्रिया पुगेको भएपनि सरकारी तवरबाट उपयुक्त कदम नचाल्दा समस्या भएको उहाँले बताउनुभयो । शव नआउँदा घरमा काजक्रिया गर्न समेत समस्या भएको साथै घर परिवारमा समेत रुवावासी चलिरहेको छ । बैशाख १० गते नियमित काम सकेर कोठामा पुगेका विकको सुतिरहेको अवस्थामा मृत्यु भएको हो ।
काठमाडौंको वाईड होराईजन ओभरसिज प्रालिमार्फत रोजगारीका लागि पुगेका बिकले ईब्राहिम अस्मेल जनरल कन्स्ट्रक्टिङ्ग कम्पनीमा लेबर काम गर्दै आउनु भएको थियो ।

0 comments
Write Down Your Responses