अन्ततः लोकमान बनेरै छाडे अख्तियार प्रमुख,विद्यार्थीहरु प्रदर्शनमा
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
काठमाडौं,बैशाख २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेका लोकमानसिंह कार्की सहित तीन जनाले सपथ लिएका छन् । राष्ट्रपति डा रामबरण यादवले केहीबेर अघि सपथ ग्रहण गराउनुभएको छ । सपथ लिनेमा अख्तियारमा पूर्वमुख्य सचिव लोकमानसिंह कार्की, लोक सेवा आयोगको अध्यक्षमा कयोदेवी यमी र महालेखा परीक्षकमा भानुप्रसाद आचार्य रहेका छन् । उनीहरुलाई संवैधानक परषदले नियुक्त गर्न राष्ट्रपतिसमक्ष आइतबार सिफारिस गरेको थियो । कार्कीको सपथग्रहणको विरोधमा राष्ट्रपति कार्यालय बाहिर केही व्यक्तिले विरोध प्रदर्शन सुरु गरेका छन् । कार्कीलाइ सपथ ग्रहणपछि बाहिर निस्किदा कालो झण्डा देखाउने र घराउ गर्ने उनीहरुले बताएका छन् । कार्की तोकिएको समय भन्दा १० मिनेट अघि नै शीतल निवास पुग्नुभएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses