गायक रामकृष्ण ढकाल फेरी सडकमा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१९ बैशाख, काठमाडौ । कुनैबेलाका चर्चित गायक रामकृष्ण ढकालको घर जग्गा आगामी जेठ २३ गते लिलामी हुने भएको छ । घरजग्गा धितोमा राखेर कर्जा लिएका ढकालले ऋण चुक्ता नगरेपछि उनले धितो राखेको ललितपुर सैंवुस्थित घरजग्गा लिलामीमा पर्ने भएको हो ।



ललितपुरमा रहको लालीगुँरास बहुउद्देश्यीय सरकारी संस्था लिमिटेडले एक दैनिकमा आज सुचना प्रकाशित गरी ढकालको सैबुमा रहेको घरसहितको जग्गा लिलामीको सूचना दिएको हो । सैबुस्थित पत्नी निलम शाह ढकालको नाममा रहेको जग्गा धितो राखेर ऋण लिएका ढकालले समयमै कर्जा नतिरेको, ब्याज नतिरेको र सुचना प्रकाशन गरेरै ताकेता गर्दा समेत वास्ता नगरेकोले आगामी जेठ २३ गतेका लागि ढकालको घरजग्गा लिलाम गर्न लागेको बताइएको छ । सूचनामा नायक रामकृष्ण पत्नी निलम ढकालको तस्विर समेत प्रकाशित गरिएको छ । गायक रामकृष्ण ढकाल सांगितिक कार्यक्रमको सिलसिलामा हाल यूरोपको भ्रमणमा रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses