मलेसियामा सल्यानका इनामसिंह एकहप्तादेखि वेपत्ता
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
रामचन्द्र नेपाल
क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुरवाट एक हप्ता अगाडि वेपत्ता भएका मुलखोला-७ सल्यानका इनाम वहादुर खत्री अझै सम्पर्कमा नआएपछि उनको परिवार चिन्तित भएको छ । भोली भेट गर्ने वाचासहित आफ्ना दाजु विरवहादुर खत्रीसँग क्वालालम्पुरको कोतारायवाट छुटिएका इनाम एक हप्ता वितिसक्दा पनि सम्पर्कमा नआएको विर वहादुरले वताए ।
तेह्र महिना अगाडि दुई दाजुभाई रोजगारीको सिलसिलामासंगै मलेसिया आएको भएपनि दाजु विर वहादुर क्वालालम्पुर र भाई इमान सि क्वालालम्पुरवाट तीन सय ३० किलोमिटर टाढा पर्ने जोहोरमा कार्यरत रहेका थिए । दाजुको काम र कमाई राम्रै भएपनि भाईको काम र कमाई त्यति राम्रो नभएपछि उनी तीन महिना अगाडि कम्पनी छाडेर क्वालालम्पुरको एक सेक्युरिटी कम्पनीमा कार्यरत थिए ।
भाईले कुन कम्पनीमा काम गरेको हो भन्ने आफुले जानकारी पाउन नसकेको विर वहादुरले वताए । उनले भने,’मसंग भेट हुँदा उसले सेक्युरिटीमा काम गरिरहेको छु भनेको थियो । तर कहाँ र कुन सेक्युरिटिमा हो मैले वारम्वार सोध्दा पनि भनेन ।’ विदेश लागेपछि भाई विरामी भइरहने ,चिन्तित देखिने र टोलाउने गर्ने गरेको दाजु विर वहादुरले वताए । पछिल्लो पटक भेट हुँदा पनि उसको स्वभाव त्यस्तै थियो । दुई दाजु भाई क्वालालम्पुरमा भेट भएपछि अर्काे दिन भेट गर्ने वाचासहित उनीहरु आ-आफ्नो वाटो लागेका थिए ।
राति कम्पनीले मलाई निकालिदियो म अहिले जंगलमा छु भनेर भाईले फोन गरेको थियो त्यसपछि राती उसको फोन लाग्न छाड्यो अर्को दिन विहानपख पनि फोन लागेको थियो, मोटर चलको जस्तो आवाज आएको थियो तर केहि कुराकानी गर्न पाईएन दाजु विर वहादुरले अनलाइन खवरसंग भने ।इमान सिंहले प्रयोग गर्दै आएको टेलिफोन नम्वर ०१४६४०९२८० पनि वन्द रहेको छ । भाईको नागरिकता वाकेर दाजु विरवहादुर भाईको खोजीमा भौतारिरहेका छन् । उनले भने,’ भाई निकै सोझो छ, एकोहोरो पनि छ । मलेसियामा कोही कसैले देख्नु भएमा मलाई ०१६६५८३१६१ मा खवर गरिदिनु होला ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses