लोकमानको विरोधमा टि्वटर फेसबुकमा कालो पोतियो
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
वैशाख २५ – विवादास्पद छविका शाही मुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्त गरेपछि सामाजिक सञ्जाल पनि स्तब्ध भयो ।
आम चाहना जे नहोस् भन्ने चाहन्थ्यो, त्यही भएपछि सामाजिक सञ्जालमा विरोधको नौलो प्रयोग भयो । फेसबुक, टि्वटरमा कालो पोतिएको छ ।
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी नेतृत्वको संवैधानिक परिषद् लोकमानलाई अख्तियार प्रमुखमा नियुक्ति सिफारिस गरेपछि नै विरोध हुँदै आएको थियो । अन्ततः उनै कार्कीलाई उज्यालो नहुँदै सपथ खुवाइएपछि सामाजिक सञ्जालमा विरोध देखियो ।
सामाजिक सञ्जालमा धेरैले कालो पोतेर विरोध गरेका छन् भने लोकमानलाई अख्तियारको जिम्मा दिएपछि फेसबुक र टि्वटरमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु, चुनावी सरकारका अध्यक्षको खोइरो खनिएको छ ।

0 comments
Write Down Your Responses