२० हजार सैनिकको बास बंकरमा !

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२४ वैशाख, काठमाण्डौं । सुरक्षित बासस्थान नभएपछि ९५ हजार जनशक्ति रहेको नेपाली सेनाका करिब २० हजार जवान बंकरभित्र बास बस्ने गरेका छन् । पाँच बर्षअघिसम्म यस्तो संख्या करिब ४५ हजार थियो ।

बंकरमा बसेका सैनिकलाई पूर्ण रुपमा व्यारेक सार्न कम्तिमा १० अर्ब रुपैयाँ खर्च लाग्ने सेनाको अनुमान छ । तत्कालीन रक्षासचिव नवीन घिमिरेले संसदको राज्यव्यवस्था समितिलाई देशभर नेपाली सेनाको भौतिक संरचनाबारे अवगत गराउँदै बंगरमा रहेका जनशक्तिका लागि मात्रै सामान्य बासस्थान निर्माण गर्न २ अर्ब लाग्ने जवाफ दिएका थिए ।

‘दिउँसो युद्धकला प्रदर्शन गर्ने सैनिक जवान आवासको व्यवस्था नहुँदा बंकरमै रात बिताउन बाध्य छन्,’ एक अधिकारीले गुनासो गरे, ‘जसका कारण वषर्ात र गर्मीमा बाढीपहिरोको जोखिम तथा तराईमा सर्प र लामखुट्टेको सम्भावित टोकाईबाट बच्नु अर्को चुनौति छ ।’ द्वन्द्वकालमा विद्रोही पक्षसँग लड्न बनाइएका बंकरलाई राष्ट्रको सुरक्षामा तैनाथ कर्मचारीले आवासगृहका रुपमा प्रयोग वगर्नु सेनाको बाध्यता रहेको उनले बताए, कारोबार दैनिकमा खबर छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses