निगमको जहाज मुस्ताङमा दुर्घटना

भिडियो हेर्न तल क्लिक गर्नुहोस

२ जेठ, काठमाण्डौ । पोखराबाट मुस्ताङका लागि उडेको नेपाल बायुसेवा निगमको 9 N ABO जहाज आज बिहान मुस्ताङस्थित जोमसोम बिमानस्थलमा दुर्घटना भएको छ ।



स्थानीय समाजसेवी एवं प्रत्यक्षदर्शी चन्द्रमोहन गौचनले एभिन्यूज टेलिभिजनलाई दिएको जानकारी अनुसार बिमान रनवेमा ल्याण्ड नगरी बाहिर ल्याण्ड भएको र अनियन्त्रित भई कालीगण्डकीको किनारमा खसेको थियो ।

बिमानमा १८ जना सवार रहेको र एकजना बच्चा रहेको गौचनले जानकारी दिनुभयो । बिमानमा सवार कसैको मृत्यु नभएको र बिमान आगलागी वा बिष्फोटसमेत नभएको गौचनले जानकारी दिनुभयो । बिमानको पखेटा भने भाँचिएको छ ।

‘केही गम्भीर घाइते भएका छन, उहाँहरुलाई तारा एयरको बिमानमार्फत् पोखरा पठाउँदै छौं’- गौचनले भन्नुभयो-’ठूलो मानवीय क्षती हुनबाट बचेको छ ।’

नजिकै नेपाली सेनाको ब्यारेक रहेका कारण उनीहरुको तुरुन्तै उद्दार हुन सकेको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses