हप्तादिनमा तेश्रो पटक जिमेल अबरुद्ध, गुगलले माफी माग्यो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

इन्टरनेट जाएन्ट गुगलको इमेल सेवा जिमेल आइतबार केही समयका लागि केही देशमा अबरुद्ध भयो । खासगरी दक्षिण, दक्षिणपूर्वी तथा मध्यपूर्वी एसियाका जिमेल प्रयोगकर्ताले आइतबार दिउसो आफ्नो इमेल अकाउण्ट खोल्दा समस्या भोग्नुपर्यो । धेरै प्रयोगकर्ताले इमेल अकाउण्टमा लगइन गर्दा ५०२ इरर भन्ने सन्देश पाए । पछि गुगलले आफ्नो एप स्टाटस ड्यासबोर्ड सर्भिसबाट यस्तो अवरोध आएको पुष्टि गर्यो ।



गुगलले यस बारेमा सूचना प्रकाशित गर्दै आफ्ना केवल ०.७५ प्रतिशत प्रयोगकर्ताले यस्तो अवरोध भोग्नुपरेको स्पष्ट पार्दै यस्तो अवरोध सुरुमा जिमेल खोल्दा वा एकपटक खोलिसकेपछि रिफ्रेस गर्दा समेत देखिने गरेको जानकारी दियो ।

गुगलले समस्या देखिएको केही समयभित्रैमा प्राविधिक समस्या समाधान गर्दै एक क्षमायुक्त सन्देश पनि प्रकाशित गर्यो । ड्यासबोर्डमा प्रकाशित क्षमायाचनामा गुगलले भनेको छ, ‘जिमेलमा आएको समस्या समाधान भएको हुनुपर्छ । असहजताको लागि क्षमाप्रार्थी छौँ र धैर्यताको लागि धन्यवाद दिन चाहन्छौँ । प्रणालीको विश्वसनीयता गुगललको पहिलो प्राथमिकतामा छ र हामीले आफ्नो प्रणालीलाई राम्रो बनाउन निरन्तर सुधारमा जुटिरहेका छौँ ।’

स्मरण रहोस् यसअघि मे २ र मे ८ का दिन पनि जिमेलमा यस्तै समस्या आएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses