प्रचण्डले बनाए विश्व किर्तिमान ! एउटै सभालाइ दुइपटक संवोधन ?
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
१८ वैशाख,इटहरी। इटहरी आयोजित पार्टीको आमसभामा एमाओवादी अध्यक्ष प्रचण्डले इतिहास कायम गरेका छन्, एउटै सभालाई दुइ पटक सम्वोधन गरेर ।
संभवत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक जीवनमा पहिलो संयोग होला एउटै सभालाइ दुइ पटक संवोधन गरेर । एकै सभालाई एकै नेताले दुइ चोटी सम्वोधन गरेको विश्व इतिहासमा पनि सुनिएको छैन्। त्यसैले यसलाई प्रचण्डको ‘किर्तिमान’ भएको पनि विश्लेषण गरिएको छ।
आफ्नो भाषण टुङ्गाएको केहीबेरमै प्रचण्ड फेरी रोष्टममा उभिए भाषण गर्नलाइ ।
पहिलो पटक २० मिनेट भाषण गरेका प्रचण्डले दोस्रो भाषणा भने २ मिनेटमै सिद्धाए । प्रचण्ड गर्मीले पसिना पुच्छा पुच्दै प्रचण्डले केही कुरा बोल्न छुटाएका थिए । प्रचण्डको मञ्च सकिएको भन्दे माओवादी कार्यकर्ता र सुभेक्षुक घरतिर फर्कीन लागेका थिए, मञ्चवाट फेरी प्रचण्डलाइ संवोधन गर्न बोलाइयो ।
सुरुमा कतिपयले उदघोषक (माओवादी नेता हेमन्त प्रकाश ओली) झुक्किएकी भनेर हासे पनि । तर प्रचण्ड साच्चिकै उठेर भाषणा गर्न मञ्चमा पुगे । पहिलो भाषणमा छुटेको रहेछ, अरुण तेस्रो जलविद्युत आयोजनाको काम अगाडि बढाउने ।
‘अघि बोल्दा बोल्दै एउटा कुरा छुटेछ, प्रचण्डले भने–भारत भ्रमणका क्रममा अरुण तेस्रोलाइ अगाडि बढाउने कुरा भएको छ, पूर्वाञ्चलका जनताको लागि यो खुसीको कुरा हो ।’ प्रचण्डले छुटाएको अर्को कुरा रहेछ, इटहरीको जनताको सुकुम्बासीका लागि जग्गाको व्यबस्था गर्ने, उनले भने त्यो कुरापनि उच्चस्तरिय राजनीतिक संयन्त्रमा राख्छु ।

0 comments
Write Down Your Responses