सैनिक अस्पतालमा महिलामाथि दुर्व्यवहार
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
काठमाडौं, चैत्र २० - नेपाली सेनाको छाउनीस्थितअस्पतालमा उपचार गर्न गएकी एकसैनिककी श्रीमतीमाथि दुर्व्यवहार भएको छ । धादिङघर भएका ती सैनिककी श्रीमतीलाई अस्पतालको वार्डरेखदेख गर्न बसेका सैनिक जवान युवराज कुँवरले यौनदुर्व्यवहार गरेको पाइएको हो । पेट फुलेपछि चैत १५ गतेउनी महिला अस्पतालमा भर्ना भएकी थिइन् । चैत १६गते राति साढे ११ बजे ज्वरोसमेत आएको रनिधारमा पानीपट्टी राखिदिने बहानामा ती जवानलेउनीमाथि दुर्व्यवहार गरेका थिए ।ती महिला चिच्याएपछि अन्य बिरामीका कुरुवा रअस्पताल प्रशासनले कुँवरलाईनियन्त्रणमा लिएको थियो । अस्पताल प्रशासनलेरातभर नियन्त्रणमा राखेर १७ गते बिहान सैनिकप्रहरीको जिम्मा लगाएको थियो । सैनिकप्रवक्ता सहायकरथी सुरेशराज शर्माले आरोपितसैनिकलाई हिरासतमा राखेर अनुसन्धानगरिरहेको बताए । उनले आरोप प्रमाणित भएकारबाही गरिने बताए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses