मुख्यसचिव लिलामणि पौडेल माइक्रोबसको तानातानमा !
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
काठमाडौं, चैत ३१ – साझा यातायातको बससेवा उदघाटन गर्न जाँदैगर्दा शनिबार बिहान मुख्यसचिव लिलामणि पौडेल रत्नपार्कमा माइक्रोबसको तानातानमा पर्नुभयो । सार्वजनिक यातायातको उदघाटनमा जाँदा सार्वजनिक यातायात नै चढ्नुपर्छ भनेर माइक्रोबस चढ्न रत्नपार्क पुगेका पौडेल माइक्रोबसका कर्मचारीको तानातानमा परेपछि अक्क न बक्क पर्नुभयो ।

‘तीनओटा माइक्रोबस क्यूमा थिए । अघिल्ला दुईओटामा सिट भरिइसकेका थिए तैपनि उनीहरु यात्रु कुरिरहेका थिए’, पौडेलले पुलचोकमा साझा यातायातको बससेवा उदघाटन कार्यक्रममा सुनाउनुभयो, ‘म भिडमा जानुभन्दा पछिल्लोमा जान्छु भनेर जान लागेको तानातानमा परिहालेँ ।’ पछिल्लो गाडीमा पस्नै लागेका पौडेललाई पहिलो माइक्रोबसका सहचालकले ‘यो गाडी एकघण्टा पछि जान्छ’ भन्दै तान्न थालेछन् । ‘अरु यात्रुपनि तेश्रो गाडी खाली भएकोले चढ्न खोज्दै थिए । आफ्नो बसमा चढेन भनेर सहचालकले लात्ती हान्न खोजे’, पौडेलले भन्नुभयो । ‘सबैभन्दा दिक्क त्यतिबेला लाग्छ जतिबेला १३ सिट क्षमताको बसमा २०–२१ जना कोचिन्छ’, पौडेलले भन्नुभयो, ‘तीनचारजना उभ्याएपछि बल्ल बल्ल छुट्यो ।
’ यातायात व्यवसायीले सार्वजनिक यातायातका गुण र यात्रुका अधिकारको सम्मान गर्न नसकेको पौडेलले बताउनुभयो । ‘सार्वजनिक यातायातले पालना गर्नुपर्ने केही आचरण हुन्छन् । तर कोसैलाई यसबारे मतलब नै छैन’, पौडेलले भन्नुभयो, ‘यो अव्यवस्था सरकार बलियो नभएरमात्र हैन । हामीले नियम अनुसार गर भन्ने हो । तर व्यवसायी आफै यातायात बन्द गर्छन् । कसलाई के भन्नु ?’ साझा यातायातको प्रयासले यात्रुको अधिकार, सेवा छनोट, सुरक्षाको विषय र समयमा गन्तव्यमा पुर्याउने कुराको स्तर निर्धारण गर्न सहयोग पुग्ने मुख्यसचिव पौडेलको भनाई छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses