उत्तर कोरियाको चेतावनी सबै प्रतिबन्ध हटाऊ,अनि बार्तालाप गरौला

भिडियो हेर्न तल क्लिक गर्नुहोस

सियोल। उत्तर कोरियाले आफ्नो परमाणु हतियार कार्यक्रमलाइ लिएर वाशिंगटन अथवा सियोल संग बार्तालाप गर्न भन्दा पहिले उत्तर कोरियाले एक शर्त राखेको छ ।जसमा उत्तर कोरियाको बिपरित संयुक्त राष्ट्रद्वारा लगाइएको प्रतिबन्ध हटाउने माग गरेको छ।अमेरिका र दक्षिण कोरियाद्वारा गरिएको संयुक्त सैन्य युद्ध अभ्यासको समाप्त पूर्ण रुपमा गर्ने ग्यारेन्टीको माग गरेको छ । उत्तर कोरियाको राष्ट्रीय रक्षा आयोगले बिहीबारको जारी बयानमा भनेकी बार्तालाप र युद्ध साथ-साथ चल्न सक्दैन । यदि अमेरिका र उसको कठपुतली दक्षिण कोरिया हाम्रो सेना र जनताको युद्द बाट बच्न चाहन्छ भने र बास्तबमा सम्झौता र बार्तालापद्वारा यो समस्या सुल्झाउन चाहन्छ भने हाम्रो शर्त मान्नु पर्ने छ ।





बयान मानै भनेकी कोरिया प्रायद्वीपको परमाणु खाली गर्ने शुरुवात तब हुन्छ जब अमेरिका प्रायद्वीपमा तैनाथ आफ्नो परमाणु हतियार हटाउनु पर्ने छ र फेरी आएन्दा तैनाथ नगर्ने बाचा गर्नु पर्ने छ । शर्तको अनुसार अमेरिकाबाट कुनै किसिमको परमाणु युद्ध अभ्यासमा समाबेश नहुने बाचा पनि गर्नु पर्ने छ भने उता अमेरिका र दक्षिण कोरियाद्वारा यस शर्तको मान्ने संभावना धेरै कम देखिएको छ ।अमेरिका र दक्षिण कोरियाले पहिले नै भनेका छनकि उत्तर कोरिया संग तब बार्तालाप हुन्छ जब उत्तर कोरियाले परमाणु कार्यक्रमलाइ लिएर अंतरराष्ट्रीय दायित्वको बन्देज मुक्त गर्छ । उत्तर कोरियाले पछिल्लो साल दिसंबरमा संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रस्ताव बिपरित रकेट प्रक्षेपित गरेको थियो । प्योंगयांगले दाबा गरेको थियोकि यो पुरै किसिमले वैज्ञानिक अभियान थियो जसको लक्ष्य उपग्रहको अंतरिक्षमा स्थापित गर्नु थियो । जबकि आलोचकहरुले भनेका थिएकि यो बैलेस्टिक मिसाइलको परीक्षण थियो । यस पछि फेबवरिमा उत्तर कोरियाले तेर्सो परमाणु परीक्षण गरेको थियो ।

परीक्षणलाइ लिएर संयुक्त राष्ट्रले मार्चमा उसको बिरुद्द नयाँ प्रतिबंध लगायो । यस प्रतिबन्धबाट क्रोधित भएर उत्तर कोरियाले अमेरिका र दक्षिण कोरिया माथि परमाणु हमला गर्ने चेतावनी दिएका थिए । बास्तबमा यो छ कि दक्षिण कोरिया र अमेरिकी सेनाले संयुक्त सैन्य अभ्यास गरिरहेको छ । यसमा परमाणु हतियार लिएर जानेमा सक्षम दुइ अमेरिकी बी-2 बमवर्षक विमानमा उडान गरिएको थियो । यस बाट क्रोधित भएर उत्तर कोरियाले आफ्नो सेनालाई होशियार राख्न फैसला गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses