‘गंगनम स्टाइल’को नयाँ गीत आयो, २४ घण्टामै सवा दुई करोडले हेरे (भिडियोसहित)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१ वैशाख, काठमाडौं । ‘गंगनम स्टाइल’बाट विश्वभर चर्चा कमाएर दक्षिण कोरियाली र्‍यापर पीएसवाईले नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन् ।

नेपाली नयाँ वर्षको अघिल्लो दिन अर्थात शनिवार साँझ दक्षिण कोरियाको राजाधानी सिओलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको ‘जेन्टलम्यान’ शीर्षकको यो भिडियो २४ घण्टा नवित्दै यूट्यूबमा २ करोड २५ लाखले हेरेका छन् ।

यद्यपी साइको यो गीतमा महिलाहरुको खिल्ली उडाइएको भन्दै विवाद पनि सुरु भएको छ । ’गंगनम स्टाइल’मा उनले सिओल नजिकैको शहर गंगनमका मानिसहरुको आरामदायी जिन्दगीको खिल्ली उडाएका थिए भने यो पटक महिला निशानामा परेका छन्।

गीतको शीर्षक जेन्टलम्यान रहेपनि भिडियोमा उनको व्यवहार ठिक उल्टो रहेको छ । भिडियोमा पीएसवाई कहिले युवतीलाई जिस्काएको त कहिले जिममा ट्रेडमिलको स्पीड उल्टाइदिएको, कहिले रेस्टुराँमा महिला बस्न लाग्दा टेबल तालेर लडाइएको देखाइएको छ ।

यो गीतको धुन ‘गंगनम स्टाइल’सँग मिज्दो जुल्दो लाग्छ । यो गीतमा पीएसवाईले ‘गंगनम स्टाइल’ स्टेपलाई हर्स स्टाइल डान्समा परिर्वतन गरेका छन् । यसअघिको गंगनम स्टाइल अहिलेसम्म बढि हेरिने भिडियोको रेकर्ड राख्न सफल भएको थियो । गंगनमकै स्वाद फस्किएको यो भिडियोले त्यो तहको लोकप्रियता पाउने अनुमानका साथ साईले फेरी बिश्व संगीत बजारको ध्यान तान्न खोजेका छन् ।

भिडियो



बाँकी भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोला

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses