छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुदा तीन जनाको ज्यान गयो

भिडियो हेर्न तल क्लिक गर्नुहोस

वैशाख ६, काठमाडौं मकवानपूर, सप्तरी र पर्वतमा भएका सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरीमा बस पल्टदा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा १८ जना घाइते भएका छन्. । उनीहरुको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

ना ४ ख ४३४८ नम्बरको बसले अर्को बसलाई ओभरटेक गर्न खोज्दा सडकमै पल्टिएको थियो । यस्तै, सप्तरीको भारदहमा ट्याक्टर र मोटरसाइल आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिदा को ९ प ७१५० नम्बरको मोटरसाइकल चलाइरहेका राजविराजका ३२ बर्षीय कमल शाहको मृत्यु भएको हो । दुर्घटनामा घाईते सोही स्थानका २५ बर्षीय लालकुमार शाहको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यता, पर्वत ५ शिवलयमा कुश्माबाट पोखरा जादै गरेको ना ४ ख ८२५७ नम्बरको बसको ढोकाबाट खसेर सहचालक बाग्लुङ भुसकुट १४ का नविन गौचनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses