आज र भोली भिटामिन ए र जुकाको औषधि खुवाइदै
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
६ वैशाख, काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम आजदेखि सुरु भएको छ ।
जन्मेको छ महिनादेखि पाँच वर्षसम्मका करिब ३७ लाख बालबालिकालाई भिटामिन ए र तीमध्ये एक वर्षदेखि पाँच वर्षसम्मका करिब ३४ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य अनुसार आज र भोली यो अभियान सञ्चालन गरिएको बालस्वास्थ्य महाशाखाले जनाएको छ ।
औषधि खुवाउने कार्यका लागि ५३ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने बालस्वास्थ्य महाशाखाका दीपकराज चौलागाईँले जानकारी दिनुभयो ।
सबै नगरपालिका तथा गाविसका हरेक वडामा तोकिएका केन्द्रमा ती औषधि खुवाउने व्यवस्था मिलाइएको छ । बाल मृत्युदुर घटाउन र भिटामिन ए को कमीबाट हुने आँखासम्बन्धी रोग रोकथाम गर्न सो औषधि खुवाउने कार्य हुँदै आएको छ ।

0 comments
Write Down Your Responses