कोरियाका राजदूतले भने- नेपालीको कामै बोरा उचाल्ने

भिडियो हेर्न तल क्लिक गर्नुहोस

वैदेशिक रोजगारीका लागि नेपालीहरुको महत्वपूर्ण गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले कोरियामा काम गर्ने अवैधानिक नेपाली कामदारहरु त्यहाँको मुख्य समस्या समस्या रहेको बताउनुभएको छ ।



कोरिया जाने नेपालीले ध्यान दिनुपर्ने कुरा के हो भनेर अनलाइनखबरले सोधेको प्रश्नमा राजदुत लामाको जवाफ छ- ‘मेरो प्रस्तावचाहिं के छ भने इपीएस परीक्षामा भाषामा राम्रो नम्बर हैन, एउटा सय किलोको बोरा राखियोस्, उठाउन सक्छ जावोस्, सक्दैन नजाओस् ।’

राजदूत भन्नुहुन्छ- ‘चाहे एमए गरोस् वा पीएचडी, नेपालीले गर्ने काम नै बोक्ने उचाल्ने र दुःखको हो । तपाईले मरेर काम नगरी सुख छैन । त्यो बुझेर कोरिया जानुस् ।”मुख्य कुरा त्यहाँ गएर थ्रीडी काम गर्ने हो, काम गर्न सक्छु, भिड्छु भन्ने मानसिकता बनाउनुपर्यो ।

उहाँबाट अदक्ष कामदार जान्छन त्यहाँ जरुरी छ दक्ष कामदारको ।’ नेपालीहरुलाई राजदूत लामाको थप सल्लाह छ- ‘यदि तपाई बिहे गर्नुहुन्छ, असली बिहे गर्नुस, नक्कली बिहे नर्गुनस् । २० बर्षकी तरुनी केटी ६० वर्षको बुढासँग बिहे गरेर जाने अनि एयरपोर्टबाटै भाग्न खोज्ने ?’

नेपालबाट विभिन्न व्यक्तिहरु कोरियामा गएर लुक्ने गरेको राजदूतको आरोप छ । कोरियामा आफूले लुकाएको भनिएका ३ नेपाली उद्योगी सुरज वैद्यको सिफारिसमा कोरिया पुगेको राजदूत लामाको आरोप छ । साथै पूर्वमन्त्री एकनाथ ढकालसँग कोरिया गएका तीन दर्जन नेपालीलाई सडकमा माग्नबसेका ठाउँबाट समातेर नेपाल पठाएको राजदूत लामाले बताउनुभयो । ‘एकनाथ ढकालजीले ३५ जना मान्छे लगेर जानुभयो, उनीहरुले त्यहाँको सडकमा बसेर माग्दै थिए, पक्रेर पठाइदिएँ ।’-राजदूतले भन्नुभयो । पूर्वएमाओवादी नेतासमेत रहनुभएका राजदूत लामाले आफूले राजनीतिको जुत्ता बाहिरै राखेको बताए पनि राजदूत पद छाडेर चुनाव लड्ने इच्छा देखाउनुभएको छ । स्पष्टवक्ता लामाले अनलाइनखबरलाई लामो अन्तरवार्ता दिँदै भन्नुभयो- ‘नेपालमा चुनावको माहौल बनिरहेको छ, चुनावमा उठौं उठौं लाग्या छ । मलाई राजदूत भएर बसिरहनु जरुरी छैन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses