खसी किन्ने बहानामा घरका सबैलाई बेहोस बनाएर लुटपाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
१ बैशाख, दैलेख ।
जिल्लाको बराह गाविस वडा नम्वर ५ बस्ने जय बहादुर खड्काको घरमा आएका अपरिचित व्यक्तिहरुले घरका सदस्यहरुलाई बिषादी खुवाई बेहोस बनाएर लुटपाट गरेका छन् ।
चैत ३१ गते राति उनको घरमा खसी किन्ने बहानामा १ जना महिला र १ जना पुरुष व्यक्ति आई घरका ६ जना सदस्यहरुलाई नाम खुल्न नसकेको बिष खुवाई बेहोस बनाई घरमा रहेको धनमाल, बैंकको एटिएम कार्ड र ६ वटा मोवाइल लुटेको बताइएको छ ।
बेहोस भएका उनीहरुलाई उपचारको लागि क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको छ । फरार लुटेराहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses