जोगीको भेषमा कामु प्रधानन्यायाधीश (साथमा तस्बिर)

भिडियो हेर्न तल क्लिक गर्नुहोस

उपेन्द्र यादव, बारा, वैशाख ६- सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दामोदर शर्मा जोगीको भेषमा देखिएका छन्। बाराको इनर्वासिरा-८ मा रहेको पुर्खयौली जग्गामा निर्माण गरेका वनदेवी मन्दिरको पूजामा उनी जोगीका रुपमा दिनभरि देखा परेका हुन्। शर्माले निर्माण गरेका मन्दिरको लागत करिब २५ लाख रहेको बताइएको छ। प्रत्येक चैत रामनवमीका दिन पूजा गर्न शर्मा आफ्नो गाउँमा आउने गरेको स्थानीय रसुल अंसारीले बताए।

 
मन्दिरमा पूजापाठ गर्नका लागि वैशाख ५ गते इनर्वासिरा आइपुगेका कामु प्रधानन्यायाधीश शर्माले बिहीबार राति मन्दिरमै बास बसेका थिए। उनीद्वारा लगाइएको मेलामा निशुल्क भोजनका साथै मनोरन्जनका लागि नाचगानको व्यवस्थासमेत गरिएको स्थानीय ठाकुर धामीले बताए। गाउँ घरमा सन्त स्वभावका रुपमा परिचित शर्मा जिल्ला न्यायाधीश पदमा हुँदादेखि नै सो ठाउँमा मन्दिर बनाउने र आफ्नै पुर्खयौली जग्गामा गरिबलाई निशुल्क बस्ती बसाउने कार्यसमेत गरेका कुरा स्थानीयले बताए। कामु प्रधानन्यायाधीश दामोदर शर्माले आफू धर्म कर्म गर्नका लागि पुर्खयौली स्थानमा सपरिवार आएको कुरा बताए। जीउमा कपडा नलगाएका र गालामा रुद्राक्षका माला लगाएका शर्मालाई हेर्न गाउँलेको भिड लागेको देखिन्थ्यो। शर्मा सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश भएपछि पहिलो गृहजिल्ला बाराको इनर्वासिरा आएका उनलाई हेर्न स्थानीयको भीड लागेको थियो। मेलाको उद्‍घाटन नेपाली कांग्रेस बाराका सभापति राधेचन्द्र यादवले गरेका थिए भने जिल्लाभरिका विभिन्न पार्टी पदाधिकारीको समेत उपस्थिति थियो।


 

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses