खाना खाएलगत्तै बाजुरामा तीन बालबालिकाको मृत्यु
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
बिजय चालिसे
१७ बैशाख, बाजुरा । खाना खाएलगत्तै बाजुरामा तीन बालबालिकाको रहस्मय तरिकाले ज्यान गएको छ । बाजुराको पाण्डुसैन-३ मा स्थानीय मुटु गुरुङको घरमा सोमवार विहान खाना खाए लगत्तै विरामी भएका उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । पाण्डुसैन-३ का १४ वर्षीय विरेन्द्र गुरुङको खाना खाए लगत्तै ज्यान गएको थियो भने अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतक विरेन्द्र स्थानीय मुटु गुरुङका छोरा हुन् । यस्तै गुरुङका घरमा पाहुना पर्न गएका १० वर्षीय कल सिंह र ७ वर्षीय अन्जु कार्कीको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरुको प्रहरीका फुड प्वाइजनका कारण ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । खाना खाएपछि एक्कासि बिरामी भएका १२ बर्षीय सुरेन्द्र सिंहको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटनावारे थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनास्थल सदरमुकामदेखि झण्डै ७ घण्टाको पैदल दूरीमा पर्दछ । घटनावारे थप बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ ।
source:onlinekhabar१७ बैशाख, बाजुरा । खाना खाएलगत्तै बाजुरामा तीन बालबालिकाको रहस्मय तरिकाले ज्यान गएको छ । बाजुराको पाण्डुसैन-३ मा स्थानीय मुटु गुरुङको घरमा सोमवार विहान खाना खाए लगत्तै विरामी भएका उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । पाण्डुसैन-३ का १४ वर्षीय विरेन्द्र गुरुङको खाना खाए लगत्तै ज्यान गएको थियो भने अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतक विरेन्द्र स्थानीय मुटु गुरुङका छोरा हुन् । यस्तै गुरुङका घरमा पाहुना पर्न गएका १० वर्षीय कल सिंह र ७ वर्षीय अन्जु कार्कीको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरुको प्रहरीका फुड प्वाइजनका कारण ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । खाना खाएपछि एक्कासि बिरामी भएका १२ बर्षीय सुरेन्द्र सिंहको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटनावारे थप अनुसन्धान भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनास्थल सदरमुकामदेखि झण्डै ७ घण्टाको पैदल दूरीमा पर्दछ । घटनावारे थप बुझ्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses