६२ घण्टा टक शो सञ्चालन गरेर रवि लामिछानेद्वारा विश्व किर्तिमान

भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, बैशाख १ - सञ्चारकर्मी रवि लामिछानेले लगातार ६२ घण्टा १२ मिनेट टक शो सञ्चालन गरेर विश्व किर्तिमान राखेका छन् ।

‘विश्वले चिन्नेछ नेपाल’ भन्ने नारासहित विहीवार विहान साढे १० बजे सुरु भएको उनको टक शो शनिवार राती १० बजेर ४३ मिनेटमा सकिएको थियो । लामिछानेले ६० घण्टा टक शो सञ्चालन गरेका थिए । तर ६० घण्टाका बीचमा हरेक घण्टा ५ मिनेट विश्राम लिन पाइने भए पनि लामिछानेले बिश्राम नलिएका कारण उनको त्यो समय पनि किर्तिमानमा जोडिएको हो ।



लङ्गेस्ट म्याराथन टेलिभिजन टक शो नाम दिइएको यो कार्यक्रम एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अन्तर्वार्ताबाट सुरु भएको थियो भने मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात मह जोडीसँगको अन्तर्वाताबाट समापन गरिएको थियो ।

यसअघि सबैभन्दा लामो टेलिभिजन कार्यक्रम ५२ घण्टाको छ । युक्रेनका पाभ्लो कुज्जेयभ र टेटियाना डन्यलेन्कोले च्यानल फाइभको स्टुडियोमा लगातार ५२ घण्टा अन्तर्वार्ता लिएर सन् २०११ मा बनाएको किर्तिमानलाई लामिछानेले भंग गरेका हुन् । लामिछानेको यो किर्तिमानलाई गिनिज बुक्स अफ वर्ल्ड रेकर्डसले मान्यता समेत दिइसकेको छ ।

वुद्ध नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वभर फैलाउन लामिछानेले विश्वको सबैभन्दा लामो टेलिभिजन कार्यक्रम थालेका थिए ।

कार्यक्रम निरिक्षणका लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रतिनिधि काठमाडौं आएका थिए भने कार्यक्रममा खेलाडी, कलाकार राजनीतिज्ञ, व्यापारीलगायतलाई अतिथिका रुपमा निम्त्याइएको थियो ।

कुनै बेलाका चर्चित टेलिभिजन प्रस्तोता ३६ वर्षिय लामिछाने अमेरिकाको बाल्टिमोरमा रहेको एक रेस्टुरेन्टमा व्यवस्थापक छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses