चिनियाँ राष्ट्रपतिको नाम के हो ? नाममै अल्मलियो नेपाली मिडिया
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
६ वैशाख, काठमाडौ । एमाओवादी अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिलाई भेटेको खबर नेपाली मिडियामा महत्वका साथ आयो । तर, वर्तमान चिनियाँ राष्ट्रपतिको सही नाम के हो ? यसबारे नेपालमा कुनै पनि मिडियाले सही उच्चारण गरेका छैनन् । चिनियाँ राष्ट्रपतिको सही नाम ‘सि जिनपिङ’ नभएर ‘सि चिनफिङ’ हो । तर, नेपाली मिडियाहरुले अहिलेसम्म चिनियाँ राष्ट्रपतिको नाम शुद्धसँग लेख्न र भन्न सकेका छैनन् ।

त्यस्तै प्रचण्डले उपराष्ट्रपति लिसँग पनि भेट गरेका थिए र त्यसबारे पनि नेपाली मिडियामा समाचार आयो, जसमा उपराष्ट्रपतिको नाम लि युनचाओ उल्लेख गरियो जबकि चिनियाँ उपराष्ट्रपतिको सही नाम हो- लि युआन छाओ ।
नयाँ चिनियाँ प्रधानमन्त्री नियुक्त भएपछि नेपाली मिडियामा कसैले ‘लि केकियाङ’ प्रधानमन्त्री बने भनेर लेखे त कसैले ‘लि खछ्याङ’ चीनका प्रधानमन्त्री भनेर लेखे । तर, चीनका प्रधानमन्त्री हुन्- लि खछियाङ ।
प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले प्रचण्ड र चिनियाँ राष्ट्रपतिवीचको भेटबारे पठाएको इमेलमा वीच-वीचमा ‘पिङले बताउनुभयो’ लेखिएको थियो । यसमा दाहालले बताउनुभयो भनेजस्तै चिनियाँ राष्ट्रपतिको थर उल्लेख गर्ने प्रयास खड्काले गर्नुभएको हो । तर पिङ पा फिङ चिनियाँ राष्ट्रपतिको थर होइन । चिनियाँ राष्ट्रपतिको थर सि हो । त्यस्तै चिनियाँ प्रधानमन्त्री र उपराष्ट्रपति दुबैको थर लि हो । विश्वका शक्तिशाली चिनियाँ राष्ट्रपतिको नाम चिनफिङ हो र थर चाँहि सि । चिनियाँ नामको गठनबारे सामान्य ज्ञानसम्म नभएकाले प्रचण्डका स्वीकय सचिवसमेत नाममा अल्मलिएका हुन् ।
चिनियाँहरुका विषयमा समाचार प्रकाशित गर्दा चिनियाँ नामहरु भाषाकै समस्याका कारण गलत लेखिने समस्या नेपाली मिडियामा रहेको छ । जस्तो कि कसैले चिनियाँ राष्ट्रपतिको नाम सि चिनफिङ लेख्यो भने अशुद्ध मान्नुपर्ने स्थिति छ ।
भाषामा चिनियाँ लगानी
एकातिर नेपालीहरुले चिनियाँ नाम र ठाउँबारे शुद्ध लेख्न त सकिरहेका छैनन् भने अर्कातर्फ चिनियाँहरुले चाहिँ नेपालमा आफ्नो भाषाको विस्तारका लागि खर्च गर्न थालेका छन् । चीनले नेपालमा आफ्नो भाषाको प्रवर्द्धन गर्न एवं सांस्कृतिक सम्बन्ध विकास गर्न चिनियाँ भाषा विस्तारको अभियान बढाएको छ । यसका लागि चिनियाँ-नेपाली शब्दकोषसमेत छापिएका छन् भने विद्यार्थीलाई मध्यनजर गर्दै चिनियाँ वर्णमालाका किताबसमेत प्रकाशित हुन थालेका छन् ।
सन् २००७ देखि काठमाडौं विश्वविद्यालयमा चिनियाँ भाषाका लागि ‘कन्फुसियस इन्स्टिच्युट’ स्थापना गरिएको छ । त्यस्तै विश्वभाषा क्याम्पसले पनि चिनियाँ भाषाको पढाइ सञ्चालन गर्दै आइरहेको छ । तर, पछिल्ला दिनहरुमा आफ्नो भाषाको प्रचारका लागि चीनले निकै महत्व दिन थालेको छ । दुई देशवीचको सम्बन्ध विकास गर्न र एक अर्कालाई बुझ्न भाषाको असाध्यै ठूलो महत्व हुने भए पनि भारतको तुलनामा चीनसँगको नेपालको सम्बन्धमा भाषाले निकै ठूलो फरक पार्ने गरेको छ । सम्भवतः चीनले यो कुराको राम्रोसँग महसुस गरेको छ ।
पत्रकारलाई छुट्टै तालिम
डेढ महिनाअघिदेखि करिब दुई दर्जन नेपाली पत्रकारहरुले समेत सूचना विभाग, सिनामंगलमा चिनियाँ भाषा सिकिरहेका छन् । पत्रकारलाई चिनियाँ भाषा सिकाउने कार्यक्रमको उद्घाटन मुख्यसचिव लीलामणि पौडेलले गर्नुभएको हो ।
‘व्यक्तिले आफ्नो नाम जे भन्छ, त्यही नै उसको पहिचान भएकाले व्यक्ति र स्थानको नाम शुद्ध लेख्नुपर्छ ।’ पत्रकारहरुले गरेको चिनियाँ भाषाको अध्ययनबाट यस्ता गल्ती सच्याउन सहयोग पुगेको बताउनुहुन्छ अन्नपूर्णपोष्टका पत्रकार रेवती सापकोटा ।
भाषा सिकिरहनुभएका पत्रकार सापकोटा अनलाइनखबरसँग भन्नुहुन्छ- ‘चिनियाँ भाषाको अध्ययनले चिनियाँ व्यक्ति र ठाउँहरुको नाम शुद्ध लेख्न पत्रकारलाई मद्दत पुगेको छ ।’ नेपाली मिडियामा चिनियाँ नामहरुमा अहिले धेरै गल्ती देखिने गरेकाले शुद्ध लेख्न सके चिनियाँहरुले पनि नेपाली मिडियामा परिपक्वता महसुस गर्न सक्ने उहाँ बताउनुहुन्छ । अहिलेसम्म आफूले सही लेख्न खोज्दा पनि सबैले गल्तीलाई चाँहि सही भनेकाले गल्ती लेख्न बाध्य भएको उहाँले बताउनुभयो । समाचारमा चिनियाँ राष्ट्रपतिको नाम आफूले सि चिनफिङ लेख्दा पनि अरुले जिनपिङ बनाइदिने गरेको उहाँले गुनासो गर्नुभयो ।

onlinekhabar
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses