मुख्य विद्यार्थी संगठनको ध्यान भित्तातिर ,कतै कब्जा, कतै भागबण्डा
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
१२ बैशाख, काठमाडौं । यसअघि जेठ १३ गते भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने/नहुने अन्योल भएको छ । शिक्षक सेवा आयोगको परीक्षाको समय भएकाले १३ गतेको चुनाव अर्को मितिमा सार्ने चर्चा चल्न थालेपछि चुनाव अन्योलमा परेको हो । तर विद्यार्थी संगठनहरुलाई भने चुनावी तातो लागिसकेको छ । ‘चुनावको अन्योल त छ नै, तर हामीले प्रचारप्रसार थालेका छौं’ अनेरास्ववियुकी नेतृ राधिका खतिवडाले अनलाइनखबरसित भन्नुभयो-’क्याम्पसका भित्ताहरुमा नारा लेख्ने काम शुरु भैसकेको छ ।’ नेतृ खतिवडाले भनेजस्तै क्याम्पसका भित्ता र पर्खाल विद्यार्थी संगठनका नारा र झण्डाले रंगिन थालिसकेका छन् ।
हानथाप, भागबण्डा र विवाद
हरेक पटक स्ववियु चुनावको बेला क्याम्पसका भित्ताहरु यसैगरी रंगिन्छन् । ‘जुन क्याम्पसमा जसको बढी पकड छ, उसले नै भित्ता कब्जा गर्छ’ नेविसंघका नेता मनोजमणि आचार्यले अनलाइनखबरसित भन्नुभयो-’ त्यसैले प्रदर्शनीमार्गमा अखिलको, त्रिचन्द्रमा नेविसंघको र विश्वविद्यालय क्याम्पसमा अखिल क्रान्तिकारीको भित्ते लेखन बढी देखिन्छ ।’
तर पकड बढी भएपनि क्याम्पसमा अरु विद्यार्थी संगठनको पनि अस्तित्व हुन्छ । उनीहरुलाई पनि भित्तेलेखन गरेर चुनावी प्रचार गर्ने रहर हुन्छ । यस्तोबेला कसरी मिलाईन्छ त ? ‘यस्तोबेला कहिलेकाहीं विवाद हुन्छ, ठूला संगठनले साना संगठनलाई धम्क्याउने पनि गर्छन, तर सहमति गरेर भित्ता भागबण्डा समेत हुन्छ’ अखिल नेतृ खतिवडाले भन्नुभयो । यसपाली भर्खर प्रचार शुरु भएकाले समस्या नदेखिएको पनि उहाँले बताउनुभयो ।
दुई क्रान्तिकारीलाई अप्ठेरो
मोहन वैद्य नेतृत्वको समूह एकीकृत नेकपा माओवादीबाट अलग भएपछि मूल पार्टीको नाम त दुईवटा भयो । तर दुवै पार्टीको विद्यार्थी संगठनको नाम अखिल क्रान्तिकारी नै छ । त्यसैले कुन क्रान्तिकारीको भित्ते लेखन हो भनेर स्पष्ट पार्न माउ पार्टीको नाम समेत लेख्ने गरिएको छ ।
नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले पाटन क्याम्पसको भित्तामा यसैगरी पार्टीको नाम चिनाएर पेन्टिङ गर्न थालेको छ । त्यसमाथि सडक विस्तारको क्रममा पुरानो पर्खाल भत्किएर नयाँ बनाउने बित्तिकै क्रान्तिकारीले भित्तेलेखनको लागि पर्खाल कब्जा गरिसकेको छ । ‘हाम्रो भित्तेलेखन अलि ढिला भयो, तैपनि व्यापक बनाउने तयारी छ’ क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले अनलाइनखबरसित भन्नुभयो-’जसले पहिले पोत्यो, त्यो उसकै हुन्छ ।’

0 comments
Write Down Your Responses