कोइरालाको बैद्यलाई आग्रह,’आन्दोलन छोडेर चुनाबमा आउनुस् ‘
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
५ बैशाख, काठमाण्डौ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले चुनावी प्रक्रियामा सहभागी हुन नेकपा-माओवादीलाई आग्रह गर्नु भएको छ । विहीवार विहान नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणलाई उहाँकै निवास धापासीमा भेटी कोइरालाले आन्दोलन छोडेर चुनावमा सहभागी हुन आग्रह गर्नु भएको हो ।

भेटमा कोइरालाले मुलुकलाई निकास दिन चुनावमा जानुको अर्को विकल्प नरहेको भन्दै चुनाबमा आउन आग्रह गरेको कोइरालाका स्वकिय सचिव लक्ष्मण ढकालले अनलाइनखबरलाई जानकारी दिनुभयो । ढकालका अनुसार भेटमा कोइरालाले बैद्यलाई वार्ताका लागि पनि आहृवान गर्नु भएको थियो ।
जवाफमा अध्यक्ष वैद्यले दलहरुले वोलाउने वार्तामा आउने तर सरकार र उच्चस्तरिय संयन्त्रले बोलाउने वैठकमा आफूहरु सहभागी हुनुको औचित्य नरहेको वताएको वैद्यको निजी सचिवालयले जनाएको छ । वैद्यले प्रधानन्यायाधीश नेतृत्वमा गठित सरकारको बर्हिगमन नहुँदासम्म र चैत १ कदम नसच्याइएसम्म आफूहरु चुनावमा वसहभागी नहुने वताउनु भएको थियो । कोइरालाले भने नेकपा-माओवादी र मधेशी जनअधिकार फोरम नेपाललाई पनि उच्चस्तरिय राजनीतिक संयन्त्रमा सहभागी गराउने तयारी भइरहेको जानकारी वैद्यलाई गराउनु भएको थियो ।
भेटपछि सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै सभापति कोइरालाले वैद्यलाई वार्तामा आउन आग्रह गरेको वताउनुभयो । उहाँले भन्नुभयो,’चुनावमा सवै दल सहभागी हुनु पर्छ । कुनै दलले बहिष्कार गर्ने र कुनै चुनावमा जाने वातावरण सिर्जना हुनु हुदैन । त्यसैले मैले वैद्यजीहरुलाई चुनावी मैदानमा आउन आग्रह गरेको छु । ‘ कोइरालाले वैद्यसंगको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । छलफलमा काँग्रेसका तर्फवाट सभापति कोइरालासहित उपसभापति रामचन्द्र पौडेल र नेकपा-माओवादीका तर्फवाट अध्यक्ष वैद्यसहित सचिव देव गुरुङ सहभागी हुनुहुन्थ्यो ।

0 comments
Write Down Your Responses