असारभित्र संविधानसभा चुनाव हुन्छ भनेर मैले भनेकै छैन : रेग्मी
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
काठमाडौं, वैशाख ५ - अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले जेठ वा असारमा संविधानसभा निर्वाचन हुन्छ भनेर आफूले कहिल्यै नभनेको बताएका छन्।
निर्वाचनका मिति तत्काल घोषणा गर्नुपर्ने माग गर्दै राप्रपा नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै रेग्मीले पहिलादेखि नै मंसिरको निर्वाचन तयारीमा रहेको बताए।

'उहाँ (रेग्मी)ले आफूले दलहरुसँग जेठ वा असारमा निर्वाचन गर्छु भनेर कुनै सम्झौता नगरेको जानकारी गराउनुभयो,' पार्टी अध्यक्ष कमल थापाले नागरिकसँग भने, 'पहिलेदेखि नै मंसिरमा निर्वाचन गर्ने तयारी हुँदै आएको छ। मंसिरमा जसरी पनि निर्वाचन हुन्छ।'
थापाले अध्यक्ष रेग्मीको पछिल्लो अभिव्यक्तिबाट मधेसी मोर्चा र प्रमुख तीन राजनीतिक दलले जेठ वा असारमा निर्वाचन भन्दै जनताको आँखामा छारो हाल्दै आएको पुष्टि भएको टिप्पणी गरे। थापा नेतृत्वको टोलीले बुधबार बुझाएको सातबुँदे ज्ञापनमा मिति घोषणा नहुँदा जनता र राजनीतिक दलमा समेत शंका उब्जेको उल्लेख छ। भेटमा रेग्मीले निर्वाचन तथा सरकारको काममा उच्चस्तरीय राजनीतिक संयन्त्रको कुनै हस्तक्षेप नहुने बताएको थापाले जानकारी दिए।
राप्रपा नेपालको ज्ञापनपत्रमा 'राज्यसत्तामा चारदलीय सिन्डिकेटको नियन्त्रण र प्रभाव रहुन्जेल चुनाव निष्पक्ष हुन नसक्ने' भन्दै 'अविलम्ब चारदलीय संयन्त्र खारेजी' माग गरिएको छ। 'चुनावका लागि राजनीतिक वातावरण तयार गर्न सबै दलको समान सहभागिता रहने परामर्श समिति गठन गरियोस्,' ज्ञापनपत्रमा छ, 'निर्वाचनका लागि सबै दलको सहभागिता सुनिश्चित गर्न सर्वदलीय बैठक राखिनुपर्छ, संविधानसभा निर्वाचनसँगै स्थानीय निकाय चुनावसमेत गर्नुपर्छ।' त्यसैगरी, उसले २०६८ सालको जनगणनालाई आधार मानेर निर्वाचन क्षेत्र पुनः निर्धारण गर्न तथा 'संविधानसभामा महिला, आदिवासी, जनजाति, दलित, पिछडिएको वर्ग र अल्पसंख्यकको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न' ६० प्रतिशत समानुपातिक प्रतिनिधित्वको व्यवस्था मागेको छ। पूर्ववर्ती सरकारका सबै राजनीतिक नियुक्ति खारेजीको माग पनि उसले गरेको छ।
(नागरिक)

0 comments
Write Down Your Responses