माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै छन् । चीनबाट फर्केको एक हप्ता नबित्दै प्रचण्ड भारत भ्रमणमा जान लागेका हुन् । चार दिने भारत भ्रमणमा जान लागेका प्रचण्ड आज साँझ त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भारत भ्रमण नेपालको विकासमा भारतको सहयोग र सम्बन्ध सुधारमा केन्द्रित हुने अध्यक्ष प्रचण्डले बताएका छन् । चीनसँग पनि नेपालमा सहयोगको कुरा उठाएको र भारतसँग पनि त्यही कुरा उठाउने अध्यक्ष प्रचण्डको भनाई छ ।
प्रचण्डले हिजो साँझ राष्ट्रपति डा. रामवरण यादव र चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग भेट गरी आसन्न भारत भ्रमणबारे जानकारी गराएका थिए । राष्ट्रपति सँगको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ ।
प्रचण्डले राष्ट्रपति यादव र मन्त्रिपरिषदका अध्यक्ष रेग्मीलाई यसअघि भएको चीन भ्रमणका बारेमा पनि जानकारी गराएका थिए ।

0 comments
Write Down Your Responses