डडेल्धुरामा जीप पल्टिदा ४ को मृत्यु
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
१६ चैत, डडेल्धुरा । डडेल्धुरामा भएको सावरी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । डोटीको दिपायलबाट महेन्द्रनगरतर्फ आउँदै गरेको से १ ज ३२९ नम्बरको जीप डडेल्धुराको सल्लाघारीमा दुर्घटना हुँदा ४ मृत्यु भएको हो । दुर्घटनामा परी सात जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा दिपालय सिलगढी नगरपालिका वडा नं. ९ बस्ने ४५ वर्षकी कमलादेवी माझी र ४० वर्षका दिलबहादुर माझी ३८ वर्षकी खिनादेवी माझी, एक वर्षकी नेत्रेश्वरी माझी रहेको प्रहरीले जनाएको छ ।
घाईते राजविर साउँद, मन्दिरा साँउद, संगीता प्रजापति, कैलाश साउँद, सन्तोष माझी, बोम बहादुर माझी र सरस्वती माझीको कोहलपुर मेडिकल कलेज नेपालगंजमा उपचारका लागि पुर्याइएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses