प्रहरी चुनाबी तयारीमा लाग्यो – चुनाबका लागि प्रहरीलाई ५ अर्ब, ५६ करोड ६९ लाख रुपैंया बजेट चाहिने
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
काठमाडौ, चैत्र १६ – नेपाल प्रहरी ले निर्वाचन सुरक्षाका लागि आवश्यक जनशक्ति, स्रोत साधन र बजेटको आन्तरिक खाका तयार पारेको छ । प्रहरीको कार्य बिभाग र अन्वेषण निर्देशनालयले तयार पारेको खाका अनुसार, चुनाबका लागि प्रहरीलाई ५ अर्ब, ५६ करोड ६९ लाख रुपैंया बजेट चाहिने छ । तालिम, इन्धन, भ्रमण, पोशाकलगायत अन्यका कामका लागि झण्डै साढे ३ अर्ब र सवारी साधन, मेसिन, औजार लगायतका लागि डेढ अर्ब बजेट निकालेको छ ।
यसअघिको संविधानसभा निर्वाचनलाई आधार बनाएर प्रहरीले आन्तरिक तयारी गरिरहेको हो । उक्त चुनाबमा केन्द्र र उपकेन्द्र गरेर २० हजार ८ सय ९० मतदान केन्द्र थिए । त्यसैका आधारमा यसपल्ट ९८ हजार ३ सय ४० प्रहरी आवश्यक पर्ने देखिएको छ । हाल भइरहेको जनशक्ति मध्येबाट ३१ हजार ९ सय ४८ प्रहरी खटाउन सकिन्छ । अपुग ६६ हजार २ सय ९२ म्यादी प्रहरी भर्ना गर्नुपर्ने उसले जनाएको छ । प्रहरीको योजना अनुसार प्रत्येक निर्वाचन केन्द्रमा कम्तीमा दश सुरक्षाकर्मी खटाइने छ ।
प्रहरीले तयार पारेको खाका अनुसार बिभिन्न प्रकारका झण्डै १ हजार ५ सय सवारी साधन आवश्यक पर्ने छ । त्यसमा पिकअप भ्यान र जिप ३ सय २० वटा खरिदगर्नु पर्ने जनाएको छ । यस्तै १ सय ३० वटा मोटरसाईकल आवश्यक रहेको छ । वानटन, बस र ट्रक भने भाडा लिन सकिने जनाएको छ । प्रहरी मुख्यालयका अनुसार १ सय ६३ वटा वानटन र ७ सय ७ वटा ट्रक र बस भाडामा लिनु पर्ने खाका तयार पारेको छ । यस्तै सञ्चारका लागि बेस सेट २ सय ९०, ह्याण्ड सेट ८हजार २ सय ५ चाहिने जनाएको छ । सोलार तथा ब्याट्री १ हजार ९ सय ६५ थान चाहिने जनाएको छ ।

0 comments
Write Down Your Responses