दुई बर्षभित्र हजार भुटानी शरणार्थी नेपालबाट क्यानडा लैजाने
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
१६ चैत, काठमाण्डौं । पूर्वी नेपालका थप हजार भुटानी शरणार्थी तस्रो देश पुर्नबास कार्यक्रम अन्तर्गत क्यानडा जाने भउका छन् । क्यानडाका नागरिक तथा अध्यागमन मन्त्री जासन केन्नीले बुधबार आगामी दुई बर्षभित्र थप हजार भुटानी शरणार्थी नेपालबाट लैजाने घोषणा गरे ।
‘शरणार्थीलाई सहयोग गर्ने क्यानडाको पुरानो परम्परा हो । विश्वका प्रत्येक १० शरणार्थीमध्ये एकलाई हामीले पुनर्वास गराउँदै आएका छौं,’ क्यानडाको नागरिक तथा अध्यागमन मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तीन दशकदेखि भुटानी शरणार्थी पूर्वी नेपालका विभिन्न सात शिविरमा बस्दै आएका छन् । स्वदेश र्फकन नपाएका शरणार्थीलाई अस्ट्रेलिया, डेनमार्क, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, अमेरिका, बेलायत र क्यानडाले तेस्रा देश पुर्नवास कार्यक्रम अन्तर्गत लगिरहेको नागरिक दैनिकमा खबर छ ।
क्यानडाले सन २००७ मेमा पाँच बर्षभित्र पाँचहजार भुटानी शरणार्थी लैजाने घोषणा गरेको थियो । २०१२ जुनसम्ममा पाँच हजार शरणार्थी क्यानडाले भित्र्याएको थियो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस |
0 comments
Write Down Your Responses