अपराधीलाई सजाय गर्नुपर्ने पुलिसलाई नै सजाय गर्नु परेपछी..

भिडियो हेर्न तल क्लिक गर्नुहोस

१६ चैत, काठमाण्डौं । नेपाल प्रहरीले गैरव्यावसायिक एवं अमर्यादित गतिविधिमा संलग्न भएको ठहर गर्दै एकजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुईजना प्रहरी उपरीक्षक (एसपी) सहित १ हजार २० जनालाई विभागीय कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा प्रहरी नायब उपरीक्षक (डिएसपी) तीनजना, प्रहरी निरीक्षक १६, प्रहरी नायब निरीक्षक ४५, प्रहरी सहायक निरीक्षक ६४, प्रहरी हवल्दार १ सय ७४, प्रहरी जवान ६ सय ९९ र प्रहरी परिचर १६ जना गरी जम्मा १ हजार २० जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली तथा व्यावसायिक आचरणविपरीत काम गरेको पाइएको भन्दै उनीहरुलाई कसुरको मात्रा हेरी प्रहरी ऐन र नियमावलीअनुसार विभागीय कारबाही गरिएको स्पष्ट पारेको खबर राजधानीलगायतका विभिन्न पत्रपत्रिकामा खबर छ ।

नेपाल प्रहरीले हालै अख्तियार गरेको एकबर्षे कार्ययोजनाको सूची अन्तर्गत शून्य सहनशीलताको नीतिलाई कडाईका साथ अबलम्बन गर्ने सम्बन्धमा स्वच्छ, पारदर्शी एवं मर्यादित रुपमा आफ्नो जिम्मेवारी निर्वाह नगर्ने प्रहरी कर्मचारीलाई प्रहरी प्रधानकाषएलयबाट कारबाहीको पक्रिया अघि बढाइएको प्रधान कार्यालयले जनाएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses