एउटै बच्चाको तिनवटी आमा

भिडियो हेर्न तल क्लिक गर्नुहोस

सुन्दै अचम्म लाग्ने, तर आखिर मानवीयता र विज्ञानको मिश्रण भएपछि जे पनि सम्भव हुँदो रहेछ । बेलायतमा यस्तै भएको छ । बेलायतमा एकजना बालिकाका तिनवटी आमा छन् । उनीहरु कुनै सुसारे होइनन्, सबै साँच्चीकै आमा हुन् ।घटना बेलायतको एसेक्स क्षेत्रको हो । त्यहाँ एउटी बालिकाका तिनजना आमाहरु छन् । ती आमाहरु पनि टाढाका आइमाइ नभएर सहोदर दिदी बहिनी नै हुन् ।समाचार अनुसार वंशाणुगत समस्याका कारण सन्तान नहुने समस्या रहेकी कटी नामकी एक महिला आफ्ना दुइ जना दिदी बहिनीको सहयोगमा आमा बन्न सफल भएकी छिन् । आफ्नोे श्रीमानको शुक्रकिट र बहिनीको डिम्बको निषेचनबाट तयार भएको भ्रुणलाई कटीकी दिदीले आफ्नो पाठेघरमा राखेर हुर्काइदिएर जन्माइदिएपछि कटी आमा बनेकी हुन् ।सन्तान नहुने भएपछि कटी र उनका श्रीमान डेभिड चिन्तित थिए । तर त्यो चिन्ता धेरै बेर समय रहन पाएन । कटीकी कान्छी बहिनीले आफू डिम्बदान गर्न तयार रहेको उद्घोष गरिन् ।दिदीलाई सन्तानसुख प्राप्त हुन्छ भनेर आफ्नो हरेक महिना खेर जाने डिम्ब एकपटक दान गर्नु पुण्य नै हुने ठानेर उनले डिम्ब दिन राजी भइन् । बहिनीको डिम्ब पाएपछि त्यो डिम्ब लोग्नेको शुक्रकिटसँग मिलाएर टेष्ट ट्यूबमार्फत भ्रुण उत्पादन गर्न सम्भव त भयो ।तर, सालिभेनाको त्यो संयुक्त भ्रुण कसले पाठेघरमा राख्ने र बच्चा पाइदिने ? भन्ने समस्या उत्पन्न भयो । आखिर मन त आफ्नैको खान्छ । बहिनीको सन्तान सुखका लागि कटीकी दिदी आफ्नो पाठेघर उपलब्ध गराउन तयार भइन् ।उनी भाडाकी आमा अर्थात् सरोगेट मदर बनिन् र कृत्रिम गर्भाधान गराइएको ज्वाइँ र कान्छी बहिनीको भ्रुणको गर्भ बोकिन् । उनले सकुसल रुपमा बच्चीलाई जन्म पनि दिइन् । आफ्नो लागि दिदी र बहिनीले बच्चा तयार गरिदिएकोमा कटी निकै खुसी छिन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

0 comments

Write Down Your Responses