Amazing News
»
बालकले सोध्यो– सेक्स भनेको के हो मम्मी ?,६ बर्षिय बालकको ‘किस’ले यौन उत्पीडनको बहस
बालकले सोध्यो– सेक्स भनेको के हो मम्मी ?,६ बर्षिय बालकको ‘किस’ले यौन उत्पीडनको बहस
अमेरिकाको एक स्कूलमा ६ वर्षको केटाले सँगै पढ्ने केटीसाथीको हातमा किस गरेपछि निलम्बनमा परे । उनको निलम्बन हालै फुकुवा त भयो तर, यो घटनालाई यौन उत्पीडन मान्न मिल्छ कि मिल्दैन भनेर बहस सुरु भएको छ ।
समाचारमा जनाइएअनुसार कोलोराडोको क्यानन सिटीस्थित लिंकन स्कूलमा यो घटना भएको थियो । स्कूलमा अध्ययनरत ६ वर्षीय केटोले आफ्नो कक्षामा पढ्ने केटीको हातमा किस गरे । घटना लगतै स्कुलका प्रबन्धकले उनलाई निलम्बन गरे । अहिले उनको निलम्बन फुकुवा मात्र भएको छैन, स्कुलले उनीमाथिको अभियोगमा प्रयोग गरेको ‘यौन उत्पीडन’ शब्दलाई पनि हटाएको छ ।
अहिले स्कूलले ती बिद्यार्थीमाथि ‘दूब्र्यबहार’ गरेको
अभियोग लगाएको छ । दुबै विद्यार्थीको अविभावकसँगको छलफलपछि स्कुल प्रशासनले यो कदम चालेको बताइएको छ ।
बालकले सोध्यो– सेक्स भनेको के हो मम्मी ?
६ बर्षिय बालककी आमाले भने बालकमाथि अनाबश्यक अभियोग लगाएको भन्दै चिन्ता जनाएकी छिन् । ६ बर्षिय बालकमा सेक्सुअल भावना नआउने भन्दै उनले सामान्य कुरालाई यौन उत्पीडन भन्नु गलत रहेको जिकिर गरिन् । अबोध बालकले आफुमाथि लागेको आरोपबारे थाहै नभएको भन्दै उनी भन्छिन–‘अहिले छोराले सेक्स भनेको को मम्मी भनेर सोध्छ, म के जवाफ दिउँ ?’
केटीकी आमाले भने आफ्नो छोरीलाई पटक–पटकको प्रताडनाबाट बचाउन स्कुल प्रवन्धकले ठूलो कदम चालेको बताएकी छन् । ‘त्यो केटाले मेरी छोरीलाई पटक–पटक किस गरेर हैरान पारेको थियो, अति भएपछि स्कूलले ठूलो कदम चालेको हो’ स्थानीय पत्रिकालाई केटीकी आमाले भनिन् ।
0 comments
Write Down Your Responses